खेल ताजा खबर News

मेसी र रोनाल्डोबाहेक को को परे यस वर्षको उत्कृष्ट १० खेलाडीमा

मेसी र रोनाल्डोबाहेक को को परे यस वर्षको उत्कृष्ट १० खेलाडीमा

uefa साउन ४ । युरोपियन फुटबलको निकाय युइएफएले यस वर्षको सिजनको प्रदर्शनको आधारमा युरोकपको उत्कृष्ट खेलाडी अवार्डका लागि अन्तिम १० मा परेका खेलाडीको नाम सार्वजनिक गरेको छ । । सुरुवाति मनोनयनमा परेका ३७ जना खेलाडीबाट युइएफएका ५५ सदस्य एसोसिएसनका तर्फबाट प्रतिनिधित्व गर्ने ५५ पत्रकारको मतको आधारमा उत्कृष्ट १० खेलाडीको नाम छनौट गरिएको हो । उत्कृष्ट १० मा स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोनाका ६ खेलाडी छन् ।

रियल मड्रिडबाट टिमलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका क्रिष्टियानो रोनाल्डो, पेपे, ग्यारेथ बेल र टोनी क्रस उत्कृष्ट १० मा परेका छन् । यस्तै बार्सिलोनाबाट लियोनल मेस्सी र लुइस स्वारेज परेका छन् । त्यस्तै युभेन्टसका जियानलुइजी बुफोन, एथ्लेटिको मड्रिडका एन्टोनी ग्रिजम्यान तथा बार्यन म्युनिखका थोमस मुलर र म्यानुएल नुएर परेका छन् ।

५५ जना पत्रकारलाई आफूलाई उत्कृष्ट लागेका पाँच खेलाडीलाई मत दिन भनिएको थियो । त्यसमा पहिलो नम्बरमा पर्नेले पाँच अंक, दोस्रोमा पर्नेले चार, तेस्रोमा पर्नेले तीन, चौथोमा पर्नेले दुई तथा पाँचौंमा पर्नेले एक अंक पाएका थिए । अगस्ट पाँचमा अन्तिम तीनमा पर्न सफल खेलाडीको नाम सार्वजनिक गरिने छ । त्यसपछि अगस्ट २५ मा सन् २०१५–१६ को युरोपको उत्कृष्ट खेलाडीको अवार्ड घोषणा हुनेछ ।

Messi Ronaldo Sprot

विशेष