देउवा र दाहाललाई ओलीको प्रश्न मिलेर जाने कि द्वन्द्व चर्काउने
साउन ४ । प्रधानमन्त्री केपी ओलीले नयाँ सरकार गठनमा संवैधानिक अस्पष्टता रहेको भन्दै नयाँ गठबन्धन बनाएका कांग्रेस र माओवादी केन्द्रलाई स्पष्ट पार्न प्रस्ताव गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सोमबार साँझ बालुवाटारमा बोलाएर ओलीले यस्तो प्रस्ताव राखेका हुन् ।
संविधानभित्रका प्रावधानहरू स्पष्ट नरहेको उल्लेख गर्दै ओलीले यसमा सबै दलले स्पष्ट गर्न जरुरी रहेको धारणा राखेका थिए । ओलीले दुबै नेतालाई भने ‘मिलेर जाने कि द्वन्द्व चर्काउने ?’ ‘मिलेर जाने हो भने संविधानमा परेका खाल्टाखुल्टीहरू पनि सहमति र सल्लाहले पुर्दै जान सकिन्छ,’ ‘होइन असहमति नै हो भने त सबैले यहीं बसेर राजनीतिक गर्ने हो, त्यहीअनुसार अघि बढौं ।’ प्रधानमन्त्री ओलीले संसदमा अविश्वासको प्रस्ताव राखिसकेपछि किन फेरि राजीनामाको कुरा उठाएको भन्दै देउवा र दाहाल प्रति आक्रोश पोखेका थिए ।
Nepali Politics