अब सरकारी कर्मचारीले एकै ठाँउमा निरन्तर एक वर्ष काम गर्नु पर्ने
काठमाडौं, साउन ४ । सरकारले नीति तथा कार्यक्रम तथा बजेट कार्यान्वयनलाई प्रभावकारी तुल्याउन कुनै पनि आयोजना या कार्यालयका कर्मचारीलाई एक वर्षसम्म सरुवा नगर्ने भएको छ । मुख्य सचिव सोमलाल सुवेदीको अध्यक्षतामा सोमबार बसेको सचिवहरूको बैठकले छोटो समयमै कर्मचारी सरुवा हुने प्रवृत्तिले विकासनिर्माण प्रभावित भएको निष्कर्ष निकाल्दै एक वर्षसम्म सरुवा नगर्ने निर्णय गरेको हो । बैठकले आर्थिक वर्षको सुरुमै कर्मचारीहरूसँग कार्यसम्पादन करार गरी आर्थिक वर्षभरि सरुवा नगर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरद्वारा सोमबार जारी विज्ञप्तिमा बैठकले कर्मचारीहरूसँग कार्यसम्पादन करार गरी सम्बन्धित कार्यालयरआयोजनारनिकायमा खटाउने र त्यसरी खटाइएकाहरूलाई आर्थिक वर्षभरि सरुवा नगर्ने व्यवस्था मिलाउने निर्णय भएको उल्लेख छ ।
Nepal Government