टर्कीमा ८ हजार प्रहरी निलम्बित, ६ हजार सैनिक पक्राउ

साउन ४ । टर्कीमा गत शुक्रबार भएको विफल कु को प्रयास पछी तीव्र पारिएको कारवाहीमा न्यायपालिकाका सदस्य टर्कीस सेनाका जनरलहरु सहित ६ हजार जनालाई हिरासतमा लिइएको छ । त्यस्तै टर्की सरकारले कारवाहीको क्रममा आठ हजार प्रहरी अधिकारीलाई निलम्बन गर्दै उनीहरुलाई आफ्नो हतियार बुझाउन लगाइएको छ ।
इस्तानबुलस्थित एअर फोर्स एकेडेमीमा छापा मारिएको र त्यहाँका उच्च अधिकारीहरुलाई पक्राउ गरिएको जनाइएको छ । कारवाहीको क्रममा थुप्रै प्रान्तीय प्रशासक तथा न्यायाधीशहरुलाई पनि निलम्बन गरिएको छ । टर्कीका प्रधानमन्त्री बिनाली यिल्दीरिमले विफल कु प्रयत्नका बेला दुई सय भन्दा बढी व्यक्तिको ज्यान गएको र झण्डै १५ सय मानिसहरु घाइतेभएको बताएका छन् ।
Turkey Turkey K