ताजा खबर विदेश News

जर्मनीमा गुडिरहेको रेलमा बञ्चरो प्रहार ७ जना घाइते

जर्मनीमा गुडिरहेको रेलमा बञ्चरो प्रहार ७ जना घाइते

Garmany

साउन ४ । जर्मनीको वुर्जबर्गमा एक व्यक्तिले गुडिरहेको रेलमा वञ्चरो तथा चक्कुले आक्रमण गर्दा चार जना घाइते भएका छन् । वुर्जबर्गको हाइडिंग्सफेल्ड क्षेत्रमा ती व्यक्ति रेलमा रहेका मानिसमाथि वञ्चरो तथा चक्कुले आक्रमण गरेका हुन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीले बताएका छन् । आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको छ ।

घटनापछि वुर्जबर्ग–हाइडिंग्सफेल्ड तथा ओशनफर्टको रेल सेवा बन्द भएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने व्यक्ति जर्मनीमा बस्दै आएका १७ वर्षका अफगान शरणार्थी हुन् ।

Garmany

विशेष