आफ्नै छात्रा मार्ने गुरु, सम्झनामा त्यो कालो घटना
आज गुरु पूर्णिमा । अन्धकार हटाउने व्यक्तिलाई गुरु भनिएको हो । त्यसैले गुरुहरुलाई ब्रह्मा, विष्णु र महेश्वरेसँग तुलना गरिन्छ । तर, सबै गुरु यस्ता हुंदैनन् । विरेन श्रेष्ठ गुरुका रुपमा कंलकित नाम र छबि बनेर रहेको छ । काठमाडौंको कालिमाटी स्थित एक उच्चमाध्यामिक विद्यालयमा अध्ययनरत ख्याती श्रेष्ठलाई टियुशन पढाउने विरेनले कहिल्यै बिर्सन नसक्ने दुर्घटना निम्त्याएको थिए । सात बर्षअघि टियुशन पढ्न आएकी ख्यातीलाई विरेनले टुक्राटुक्रा पारेर मारेका थिए । शब चिन्न नसकिने गरी पलाष्टिकमा पोको पारेर उनले फालेका थिए ।
शुरुमा अपहरणको नाटक गरेका थिए । अपरहण कसले गरेको भन्ने सुंइको परिवार र प्रहरीलाई थिएन । अनुसन्धानमा विरेन तानिए । सत्र दिनपछि ख्यातीको शब फेला परेको थियो । त्योपनि क्षतविक्षत अवस्थामा । अहिले विरेन जेलजीबन बिताइरहेका छन् । उनले आफ्नो जीबनमा अन्धकार निम्त्याए । संगै ख्यातीको परिवारमा कहिल्यै नपुरिने पीडा दिए । गुरुजस्तो ओझपूर्ण शब्दमाथि प्रहार गरे । बिरेनजस्ता गुरु कसैका नहुन् । जीबनको अन्धकार हटाउने गुरुप्रति नमन् ।
Biren Guru Purnima