News स्वास्थ्य

गोविन्द केसीलाई आमरण अनसनका लागि उचालेर गगन थापा कता हराए ?

गोविन्द केसीलाई आमरण अनसनका लागि उचालेर गगन थापा कता हराए ?
Gagan

गोविन्द केसी अनसनमा बस्दै गर्दा काँग्रेस नेता एंव सभासद गगन थापाले केसीका पक्षमा स्टाटस लेखे । स्टाटसमा उनले मेडिकल माफियाविरुद्धको केसीको अभियानको प्रशंसा गरे । केसीको पक्षमा स्टाटस लेख्ने हजारौं छन् । गगनले स्टाटस लेखेरमात्र पुग्दैन । बल गगनहरुको कोर्टमा पुगिसकेको छ ।

केसीको माग छः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीका विरुद्ध महाअभियोग लगाउने प्रक्रिया थालियोस् । कार्की विरुद्ध महाअभियोग प्रक्रिया थाल्न सांसदले मात्र सक्छन् । १४९ सांसदको हस्ताक्षर अर्थात संसदमा कायम रहेका सदस्यको एक चौथाइ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि महाअभियोग प्रक्रिया थालेको मानिनेछ ।

यसका लागि गगनले लबिङ थाल्नुपर्छ । उनी फेसबुकमा मच्चिएका छन् । तर, अविश्वासको प्रस्ताव सर्वसाधरणले अघि बढाएर हुँदैन । गगनजस्तै सांसद कस्सिनुपर्छ । के गगन १ नम्बरमा हस्ताक्षर गरेर अभियन्ता बन्न तयार छन् ? छैनन् भने उनी केसीका नाममा फेसबुकमार्फत राजनीति गरिरहेका छन् ।

Capture

गगनले एक्सन थाल्नुपर्छ । अन्यथा उनको स्टाटस सस्तो लोकप्रियता र प्रचारबाजीका लागि मात्र हुनेछ । गणतन्त्रको मागसहित सडकमा उत्रिएपछि उदाएका गगन पछिल्लो समय बोलीमै सीमित भनि आलोचित भएका छन् । केसीको आमरण अनसनमा उनि फगत ओठे क्रान्तिकारी नबनुन् ।

अनसनको १० औं दिनसम्म आइपुग्दा परिस्थिति विल्कुल फरक बनेको छ । प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै केसीको मागप्रति राजनीतिक दलको ध्यान गएको छैन । सिंहासनमा कम्पन भएपछि प्रधानमन्त्री केपी ओलीसँग केसीको माग सुन्ने हंस पनि बाँकी छैन । यस्तो अवस्थामा गगनजस्तै जुझारु भनिएका सांसद नतात्ने हो भने केसीले देह त्याग गर्ने स्थिति आउनसक्छ । उनले यसअघि नै नेपाल आजसँग कुरा गर्दै मर्न तयार रहेको तर बिनाअर्थ अनसन नतोड्ने स्पष्ट गरिसकेका छन् ।

अख्तियार प्रमुख कार्कीलाई राजनीतिक घटनाक्रममा आएको फेरवदलले सान्त्वना दिएको हुनुपर्छ । राजनीति सरल रहेको भए र संसद बैठक बसिरहेको भए उनका विपक्षमा गगनले हस्ताक्षर नगरेपनि अरुले गर्न सक्थे । दबाब सांसदमाथि भारी पथ्र्यो ।

यस्तो अवस्थामा अभियन्ता बन्न सक्ने आँटिलो सांसदको आवश्यकता छ । फेसबुकमा आँट देखाएका गगनले मैदान खाली छोडेर हुन्छ ? गगनलाई चिकित्सा क्षेत्रको विकृतिका बारेमा धेरै जानकारी छ । उनकी श्रीमती अन्जना आफैं डाक्टर हुन् । उनका ससुरालीमा (अर्जुननरसिंह केसी परिवार) डाक्टरहरुको संख्या बाक्लो छ । तसर्थ उनि बान्की मिलाएर तथ्य र तर्कसहित अरु सांसदलाई अभियानमा जुटाउन सक्छन् । यसका लागि गगन गर्जन आवश्यक देखिएको छ । अन्यथा केसीको देहवसानमा आँशु झार्ने नैतिकतासमेत गगन र गगनजस्तै अरुले पाउँने छैनन् । उनीहरु केवल केसीलाई उचाल्ने र पर्छाने व्यक्तिमा गनिने देखिन्छ । जन्मदिनमा व्यस्त रहेका गगनसँग यस बारेमा कुराहुन पाएन ।

Dr. Gobinda Kc Gagan Thapa

विशेष