ताजा खबर व्यापार News

राँगाभैंसी निषेधविरुद्ध व्यावसायी 

राँगाभैंसी निषेधविरुद्ध व्यावसायी 

Ranga साउन ४ । सरकारले काठमाडौँ महानगरपालिका, उपमहानगरपलिका, नगरपालिका र गाविसको सक्रियतामा उपत्यकाभित्र जिउँदा रागाँभैसी भित्र्याउन रोक्ने नीतिप्रति मासु व्यापसायीले आपत्ति जनाएका छन् । प्रदुषण घटाउन र स्वस्छ तथा गुणस्तरीय मासु उपलब्ध गराउन उपत्यकामा जिउँदा रागाँभैँसीको साटो वधसालामा उत्पादित मासु ल्याउने तयारीको व्यावसायीले विरोध जनाएका हुन् ।

पशुपन्छी विकासमन्त्री शान्ता मानवीको उपस्थितिमा महानगरले आइतबार राजधानीमा गरेको एकदिने गोष्ठीमा मासु व्यवसायीले आफ्नो पेसा धरापमा परेको गुनासो गरेका छन् । सरकारले तीन वर्षे योजना बनाएर उपत्यका बाहिर नै पशुपन्छी वध गरी तयारी मासु भित्र्याउने योजना अगाडी ल्याएसँगै व्यावसायीले विरोध जनाएका हुन् । ‘तयारी मासु भित्र्याउने कुरामा हामी सहमत छैनौ’ मासु व्यावसायी संघमा आवद्ध दिनेश शाहीले भने ‘साना व्यवसायीको पेसा नै संकटमा पर्ने हुँदा उनीहरुको पेसा ग्यारण्टी गरिनुपर्दछ ।’ अन्य मासु व्यवसायीले पनि घटनाको विरोध जनाएका छन् ।

गोष्ठीमा सरकार र महानगरमा तर्फबाट छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भएको थियो । कसैको पनि पेसा, व्यावसायमा असर नपर्ने गरी जीँउदा रागाँभैँसीको साटो वधसालामा उत्पादित मासु ल्याउने तयारी रहेको मन्त्री मानवीले बताएकी हुन् । मन्त्री मानवीका अनुसार मासु पसल सञ्चालन मापदण्ड पूरा नगरेको र जनस्वास्थ्यमा खेलवाड गरेकाले उपत्यकामा तयारी मासु मात्र ल्याउन लागिएको कुरा स्पष्ट पारेकी हुन् । पशु वधशाला तथा मासु जाँच ऐन २०५५ लागु भए पनि कार्यान्वयन हुन नसकेका बेला उपत्यकामा जीउँदा राँगाभैसी ल्याउन सरकारले गरेको रोकका विरुद्ध सर्वसाधारण भने आशंकित रहेका छन् ।

कान्तिपुर

Ranga

विशेष