ताजा खबर News

प्रधानमन्त्री ओलीले देउवा र प्रचण्डसँग गरेका चार सवाल

प्रधानमन्त्री ओलीले देउवा र प्रचण्डसँग गरेका चार सवाल

kp-sharma-oli साउन ४ । प्रधानमन्त्रीको केपी ओलीले कांगे्रस सभापति शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचन्डसँग सोमवार छलफल गरे । अविश्वास प्रस्ताव, नयाँ सरकार गठनका संवैधानिक जटिलतालगायत विषयमा शीर्ष नेताबीच छलफल भएको हो । बालुवाटारमा करिव एक घन्टा चलेको छलफलमा कुनै सहमति बनेन् । तर, सदनमा अविश्वास प्रस्तावमाथि छलफल गर्ने समय बाँकी रहेकोले यलबीचमा सहमति प्रयास गर्ने भन्दै नेताहरु उठेका थिए । छलफलमा ओलीले चार विषय उठाएका थिए ।

राजीनामा कि अविश्वास प्रस्ताव ?

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग राजीनामा र अविश्वास प्रस्तावबारे जिज्ञासा राखेका थिए । ‘तपाईहरुले मेरो राजीनामा मागेको हो कि अविश्वासको प्रस्ताव दर्ता गराएको हो ? मैले बुझको छैन, यी दुवै एकैपटक जान सक्दैनन्’ प्रधानमन्त्री ओलीको भनाई उद्दृत गर्दै उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘राजीनामा समझदारीमा हुने कुरा हो, जबर्जस्तीमा हुँदैन । अविश्वास भनेको कुरा बिग्रको वेला गर्ने कुरा हो । दुईमध्ये तपाईहरुको बाटो कुन हो’ ?

संविधान संशोधन गर्न तयार छौँ

प्रधानमन्त्री ओलीले पहिले संविधान संशोधनमार्फत नँया सरकारको बाटो खोल्नुपर्ने प्रस्ताव गरेका छन् । सरकार संशोधनमा जान तयार रहेको, तर त्यसअघि मुख्य दलबीच समझदारी हुने उनले बताएका थिए । बैठकमा उनले भने र्, संविधानमा खाल्टाखुल्टी छन् भने त्यसलाई पुर्न पनि सरकार तयार छ । तर , त्यसमा समझदारीमा जानुपर्ने हुन्छ ।

खेलमा लाग्ने चिन्ता नलिए हुन्छ

आफु सहमतिका लागि बाधक नबन्ने र संसद् विघटनको बाटोमा पनि नजाने ओलीले प्रस्ट पारेका छन् । उनको भनाई भनाई थियोर्, बाधक बनेर राजनीतिक खेल म खेल्दिनँ, यसमा कसैले चिन्ता नलिए हुन्छ । तपाईहरुले अप्ठ्यारोमा देशलाई पठाउन लाग्नुभएको हो भने त्यस्तो स्थितिमा हामीले के भन्न सक्छौँ र ?’

सभामुखप्रति असन्तुष्टि

सभामुखले अर्थ विधेयक पारित गराउनेतिर भन्दा अविश्वास प्रस्तावलाई अगाडि बढाउने गरी कार्यसूची तोकेर समझदारी भत्काउन खोजेको प्रधानमन्त्री ओलीले आरोप लगाए । ६ साउनमा संसद् बैठकमा अविष्वास प्रस्तावमाथि छलफल गराउने कार्यसूची छ । एमालेले यसलाई सभामुखको पूर्वाग्रही निणय भएको आरोप लगाउँदै आएको छ । (नयाँ पत्रिकाबाट)

KP Oli puspa kamal dahal Sher Bahadur Deuba

विशेष