ताजा खबर विदेश News

भारतमा मोदीको क्रेज घट्दो, कमेडी बादशाह सिद्धूले छाडे भाजपा

भारतमा मोदीको क्रेज घट्दो, कमेडी बादशाह सिद्धूले छाडे भाजपा

siddu

साउन ४ । भारतीय जनता पार्टीका नेता नवजोत सिंह सिद्धूले राज्यसभा सदस्यबाट राजिनामा दिएका छन् । क्रिकेट कमेन्ट्री र कमेडी नाइट विथ कपिलका कारण उनि धेरै चर्चित छन् । भाजपाको तर्फबाट राज्यसभा सदस्य रहेका उनले सोमबार राजीनामा दिएका छन् । उनको राजीनामा राज्यसभाका अध्यक्षले स्वीकार गरेका छन् । सिद्धू पञ्जाबमा आम आदमी पार्टीको नेता बन्ने सम्भावनाको चर्चा सुरु भएको छ । तर, उनले अहिलेसम्म औपचारिक रुपमा भाजपा छाडेका छैनन् ।

भाजपाले वित्तमन्त्री अरुण जेटलीलाई चुनाव लडायो । सिद्धूको असन्तुष्टिको असर यस्तो देखियो कि देभर मोदीको हलर चलेपनि जेटली कांग्रेस उम्मेदवारसंग चुनाव हारे । सिद्धू अर्को पार्टीमा जाने हल्ला पनि नचलेको होइन । तर, भारतीय जनता पार्टीले उनलाई राज्यसभाको सदस्य मनोनित गर्यो । भापजाले विधानसभा चुनावलाई हेरेर सिद्धूलाई फकाउने प्रयास गरेको छ ।

Siddu

विशेष