ताजा खबर
News
समाज
पूर्वसेनापति गौरवशमशेरलाई सैनिक 'कु' का लागि उस्काउने को ?

नेपालमा सेनाले शासनसत्ता लिने चर्चा बेलाबेलामा भइरहन्छ । राजनीति तरल अवश्था हुँदा विभिन्न स्रोतलाई हवाला दिंदै 'कु' को हल्ला चल्दछ । यसै सन्दर्भमा पूर्वप्रधानसेनापति गौरवशमशेर राणाले आफुलाईपनि 'कु' का लागि उस्काउने गरिएको बताएका छन् ।
राणालाई उदृत गर्दै योजना आयोगका पूर्व सदस्य स्वर्णिम वाग्लेले राणालाई उक्साउने गरेको तथ्य सार्वजनिक गरेका हुन् । वाग्लेले गुरु पूर्णिमाको सन्दर्भमा लेखेको लेखजस्तो फेसबुक स्टाटसमा राणाको कु सम्बन्धी भनाइ उदृत गरेका छन् । वाग्लेसँगको दुई दिन अघिको भेटमा राणाले भनेका रहेछन् 'मलाई पनि उचाल्नेहरु थिए, तर आफ्नै इतिहासबाट नसिके पनि टर्कीको ताजा दुर्घटनाबाट बुझ्ने कि दुनियाँ बदलिसक्यो ?' राणाले कस्ले उक्साएको हो भन्ने कुरा भनेनको वाग्लेको स्टाटसमा प्रष्ट छैन । टर्कीमा हालै सैनिक कु को प्रयास जनताद्धारा विफल बनाइएको थियो ।प्रायजसो प्रधानसेनापतिलाई कु का लागि दबाब वा उक्साहट आउने गरेको विभिन्न सन्दर्भबाट बुझ्न सकिन्छ । पूर्वप्रधानसेनापति रुक्मंगत कटवालले आफ्नो आत्वृत्तान्तमा जनआन्दोलनपछि राष्ट्राध्यक्षसमेत रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफुलाई सत्ता हातमा लिन आग्रह गरेको तर आफुले इन्कार गरेको दाबी गरेका छन् ।
gaurab samsher rana
purbasenapati gaurab samsher