विदेश

ताइवानमा पर्यटक बसमा अागलागी, २६ को मृत्यु

ताइवानमा पर्यटक बसमा अागलागी, २६ को मृत्यु
Fire in Bus साउन - ४ । ताइवानको एक पर्यटक बसमा मङ्गलबार आगलागी हुदा सो बसमा सवार रहेका २६ व्यक्तिको मृत्यु भएको छ । चीनको उत्तरपूर्वी सहर दालिआनबाट २४ पर्यटक सहभागी एक समूह ताइवान भ्रमणको लागि आएका तालिवान गृह मन्त्रालयले जनाएको छ । सो समूहमा १६ महिला र ८ पुरुष रहेका पनि मन्त्रालयले प्रष्ट पारेको छ । दुर्घटनामा एक ताइवानी बस चालक र अन्य एक पर्यटक पथप्रदर्शकको पनि मृत्यु भएको जनाइएको छ । तर सो पर्यटक पथ प्रदर्शकको भने राष्ट्रियता खुलेको छैन । ती पर्यटकहरु आफ्नो यात्रा समाप्त गरी ताओयुआन विमानस्थलmततर्फ फर्किदा सो दुर्घटना भएको थियो । गत मङ्गलबार ताइवान पुगेका ती पर्यटकहरुको सो समूह मङ्गलबार ४ः३० बजे विमानबाट दालिआन फर्किने समयतालिका रहेको बताइएको छ । स्थानीय समयाअनुसार करिब १ बजे अपराह्नमा यो दुर्घटना भएको जनाइएको छ । एएफपी

Fire in bus Taiwan

विशेष