News स्वास्थ्य

लोकमानसिंह कार्कीलाई बचाउन गोविन्द केसी विरुद्ध भोला रिजाल सडकमा (भिडियो सहित)

लोकमानसिंह कार्कीलाई बचाउन गोविन्द केसी विरुद्ध भोला रिजाल सडकमा (भिडियो सहित)
bhola-rijal-govinda-kc-nepalaaja 
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै आमरण अनसनमा बसेका चिकित्सक गोविन्द केसीका विरुद्धमा चिकित्सक भोला रिजालले मोर्चाबन्दी गरेका छन् । ‘एसोसियसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज’ का अध्यक्ष समेत रहेका रिजालको नेतृत्वमा निजी मेडिकल कलेजका संचालकले सडक आन्दोलन थालेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै रिजालले केसीका कारण चिकित्सा शिक्षा क्षेत्र धराशयी हुने आरोप लगाए । रिजालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने मागका विरुद्ध सडकमा आएको प्रष्टाए । उनले भने, 'चिकित्सा शिक्षा क्षेत्रको सुद्धिकरणका लागि हामीहरुपनि तयार छौं । हाम्रा समस्या पनि बुझिदिनु पर्यो । कार्कीलाई बीचमा किन छिराइयो ? उहांलाई कारबाही गर्ने मागका बिरुद्ध हामी सडकमा आएका हौं ।'
[embed]https://youtu.be/n-6IKPW5yeo[/embed]

Bhola Rijal Gobinda Kc gobinda kc vs bhola rijal lokman singh bachauna

विशेष