विदेश News समाज

ओबामापत्नीले आठ बर्ष अघि गरेको भाषण नक्कल गरेपछि ट्रम्पपत्नी विवादमा

ओबामापत्नीले आठ बर्ष अघि गरेको भाषण नक्कल गरेपछि ट्रम्पपत्नी विवादमा
[caption id="attachment_12766" align="aligncenter" width="1200"]michelle-obama-melania-trump तस्विरः एजेन्सी[/caption] अमेरिकामा राष्ट्रपतिको प्रारम्भिक चरणको चुनावी अभियान जारी छ । रिपब्लिकन पार्टीका तर्फबाट डोनाल्ड ट्रम्प जबरजस्त शैलीमा उदाएका छन् । विवाद्स्पत अभिव्यक्तिका कारण चर्चामा आइरहने उनी पत्नी मेलानियाको भाषणका कारण पनि विवादमा तानिएका छन् । आठ बर्षअघि मिसेल ओबामाले आफ्ना पति बाराक ओबामाको चुनावी अभियानमा गरेको भाषण मेलानियाले नक्कल गरेको आरोप लागेको छ । दुबै भाषणका क्लिप जोडेर बनाइएको दृश्य अहिले सामाजिक संजालमा भाइरल भएको छ । मिसेलले बुबाआमाबाट जीवन जिउने कला सिकेकोदेखि सन्तानमा आशा जगाउनेसम्मको कुरा गरेकी थिइन् । त्यही कुरा मेलानियाले दोहोराएकी छिन् । भाषणको त नक्कल गर्न परेपछि अरु के होला भनेर ट्रम्पमाथि आलोचकले प्रश्न बर्साएका छन् । ट्रम्पलाई पत्नीका कारण सम्भवतः पहिलो पटक आलोचना बेहोर्नु परेको हो । तर, उनकी प्रतिष्पर्धी डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार हिलारी क्लिन्टनले पति एंव पूर्वराष्ट्रपति विल क्लिन्टनका कारण आलोचना खेप्दै आएकी छिन् । विलका कारण हिलारीलाई चुनावी मैदानमा उत्रन धेरै सजिलो त भएको छ, सँगै केही जबरजस्त प्रश्नको सामानापनि गर्नु परेको छ । जस्तो मोनिस्का लेवेन्स्कीसँग अवैध सम्बन्ध राख्दासमेत श्रीमानप्रति लाचार रहेको उनीमाथि आरोप लाग्ने गर्दछ ।

भिडियाे याे हेर्न याे लिंकमा जानुहाेस् 

Melania Trump Michelle Obama

विशेष