खेल ताजा खबर News

नेपालको इङ्ल्याण्डमा शानदार जीत

नेपालको इङ्ल्याण्डमा शानदार जीत

cricket काठमाडौं, साउन ५ । नेपालले मेरिलिबोन क्रिकेट क्लब एमसिसीलाई पराजित गरेको छ । लर्ड्समा भएको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले एमसिसीलाइ ४१ रनले हराएको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई दुई सय १७ रन बनाएको थियो । दुई सय १८ रनको लक्ष्य पछ्याएको एमसिसी ४७ दशमलव २ ओभरमा एक सय ७६ रन बनाउँदा अलआउट भयो ।

gya

एमएमसीका ओपनर जर्ज एडरले सय रनको योगदान गरे तर टिमलाई जित दिलाउन पर्याप्त भएन । नेपालका बसन्त रेग्मीले ३७ रन दिएर तीन तथा सागर पुनले ३५ रन खर्चेर तीन विकेट लिए । यस्तै सोमपाल कामीले ३३ रन दिएर दुई विकेट लिए । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाघिधक ३९ रनको योगदान गरे । त्यस्तै पारस खड्काले ३०, शरद भेषवाकारले २७, सागर पुनले २६ रनको योगदान गरेका छन् । बसन्त रेग्मीले २४, राजु रिजालले २४, सोमपाल कामीले २० रनको योगदान गरे ।

Nepal

Cricket Nepali Cricket

विशेष