टर्कीमा १५ हजार शिक्षक निलम्बित, १५ सय डिनलाई राजिनामाको आदेश
साउन ५ । टर्कीमा सैनिक कुको असफल प्रयासपछि सरकारले त्यसमा संलग्न विभिन्न क्षेत्रका व्यक्तिमाथि कारबाहीको अभियान जारी राखेको छ । टकी सरकारले शिक्षा विभागका १५ हजार शिक्षा कर्मचारीलाई निलम्बित गरेको छ ।
यस्तै सरकारले विभिन्न विश्वविद्यालयका १५ सय भन्दा धेरै डिनलाई राजनीनामा दिन भनेको छ । यसैगरी निजी शैक्षिक संस्थामा कार्यरत २१ हजार शिक्षकको लाइसेन्स रद्द गरेको छ । टर्कीको शिक्षा विभागले उनीहरुसबै गएको हप्ता भएको सत्ता कब्जाको असफल प्रयासका नाइके धर्मगुरु फतहुल्लाह गुलेनसँग सम्बन्धित रहेको आरोप लगाएको छ ।
टर्की सरकारले बिद्रोहमा अमेरिकामा बस्दै आएका गुलेनको हात रहेको बताउँदै आएको छ । गत शुक्रबार भएको सैनिक कुको असफल प्रयासको क्रममा दुई सय ३२ जनाको ज्यान गएको तथा १५ सय ४१ जना घाइते भएको थियो ।
Turkey KU