ताजा खबर News

एमालेमा मत बाझियो, ओलीको भन्दा खनाल,नेपाल र गौतमको भिन्न मत

एमालेमा मत बाझियो, ओलीको भन्दा खनाल,नेपाल र गौतमको भिन्न मत

Puspanjali School1 copy

साउन ५ । एमालेको मंगलबार बसेको स्थायी समितिको बैठकमा शीर्ष नेताहरुका बिचमा मत बाझियो । केपी ओलीसँग अन्य तीन नेता झलनाथ खनाल, माधब नेपाल र बामदेव गौतमको मत बाझिएको हो ।

कसले के भने ?

केपी ओलीः माओवादीसँग नाजायज सम्झौता गरेमा सत्ता लम्बिन सक्थ्यो होला, तर आवश्यक ठानिनँ । सरकारले सुरुदेखि नै राष्ट्रिय हितमा काम गर्दै आयो । त्यसैले सरकार ढाल्न देशी–विदेशी शक्तिले धेरै पहिलेदेखि षड्यन्त्र गर्दै आएका थिए । अन्तत केही पक्ष षड्यन्त्रको हतियार बने । सहमति प्रयास गर्दागर्दै अविश्वास प्रस्ताव ल्याइयो । मैले राजीनामा आवश्यक ठानिनँ । यी सबै विषयमा संसद्मै सामना गरेर अघि बढ्नुपर्छ ।

झलनाथ खनालः फेरि नयाँ ढंगले एकताको कोसिस गर्नुपर्छ । तीन दल एक ठाउँमा उभिँदा संविधान बन्यो । संविधान कार्यान्वयन गर्न पनि मिल्नुको विकल्प छैन । विमति भएपछि सहमति, सहमति भएपछि विमतिको ठाउँ नदेख्ने सोच राख्नुहुन्न ।

माधव नेपालः यो सरकार हाम्रै कारणले जान लागेको हो । अहिलेको कोलिसन (गठबन्धन) जोगिन सक्थ्यो, जोगाउन पनि सकिन्थ्यो । जोगिन नसक्नुमा पार्टनर पक्ष पनि जिम्मेवार त होला, तर हाम्रा कार्यशैली पनि दोषी छन् ।

वामदेव गौतमः धारा २९८ एकपटक मात्रै प्रयोग हुने भन्ने कतै छैन । सरकारविरुद्ध ६ महिनामा एक पटकभन्दा बढी अविश्वासको प्रस्ताव राख्न नपाइने त्यही धाराको उपधारामा छ । त्यसैले राजनीतिक तर्कका आधारमा जाऔँ, कानुनी जटिलतको कुरा गरेर खोचे नथापौँ ।

नयाँ पत्रिका

KP Oli Nepali Politics UML

विशेष