कनक दीक्षितमाथि काण्डैकाण्ड, त्यसमाथि आइलाग्यो अर्को काण्ड
भन्छन् नि ओरालो लागेको मृग सबैको खेदाइमा । त्यस्तै हुँदैछ एकजना पत्रकार तथा नागरिक समाजसम्बद्ध अगुवामाथि । हिमाल खबरपत्रिकाका प्रकाशक कनकमणि दीक्षित अख्तियारको खेदाइबाट अदालतको सहारामा उन्मुत हुन पाएका थिएनन्, सरकारी निकायको फन्दामा पुगेका छन् । राजस्व अनुसनधान विभागले जारी गरेको ‘हाजिर हुन आउने’ सूचनालाई बेवास्ता गर्दा अहिले उनी प्रहरीको ‘मोस्ट वान्टेड’ सुचीमा छन् ।
इङ्ल्याण्डका एचएसबिसी र स्ट्याण्डर्ड चार्टर्ड गरी दुई बैंकमा उनका सातवटा खाता छन् । केही एकल र केही पत्नी शान्तासँग जोडिएका । कुनै खातामा ११, कुनै ४३ त कुनैमा २५ हजार पाउण्ड मोज्दात देखिन्छ । एचएसबिसीमा १ लाख ३६ हजार कित्ता शेयर भेटिएको छ भने स्ट्याण्डर्ड चार्टड बैंकमा ३६ हजार कित्ता सरकारी निकायले पत्ता लगाएको छ । त्यहाँको प्रचलित दरअनुसार प्रति शेयरबराबर चार सय ५८ पाउण्ड पर्न आउँछ । यदि त्यो अंकलाई सही मान्ने हो भने, इङ्ल्याण्डको शेयर लगानीमा मात्र कनकसँग १२ अर्ब नेपाली रुपैयाँ सुरक्षित रहेको मान्नुपर्ने हुन्छ । तर, यी सबै रकम कनक एक्लैले आर्जन गरेको हैनन् ।
बाबु कमलमणि र बाजेकै पालादेखि धेरैजसो रकम नामसारी हँुदै आएको देखिन्छ । कमलमणिकै नाममा पनि बाबु–आमा केदारमणि–विद्यादेवीबाट विदेशी बैंकको कारोबार हस्तानतरण भएको बताइन्छ । अहिले कनक र पत्नी शान्तालाई निशाना बनाएर बैंक स्टेटमेण्ट निकालिएको छ । नेपाल राष्ट्रबैंकको नियमानुसार कुनै व्यतिm सँग लामो समय विदेश बसेर रामै्र रकम आर्जित छ भने विदेशबाट आएको ३५ दिनभित्र सोको विवरण बुझाउनुपर्छ । र, विदेशमा शेयर खरिद–विक्रीको काम गर्ने कुनै पनि नेपाली नागरीकले कारोबारपुर्व राष्ट्र बैंकको स्विकृति लिनुपर्छ । अहिले कनकले मार खाएका मुख्य दुई विषय यिनै हुन ।
यस्तो मुद्दामा कनक दोषी करार भए बिगो जफत र तीन सय प्रतिशतसम्म सजायको कानुनी व्यवस्था छ । सरकार कठोर हुन चाह्यो भने यस प्रकरणमा ३६ अर्बसम्म तिराउन सक्ने हुन्छ । त्यसबाहेक न्युयोर्कमा कनककै अर्को सम्पत्ति फेला परेको स्रोत बताउँछ । किस्ताबन्दीमा ३० वर्षभित्र तिर्ने गरी ६ वर्षअघि ४ लाख २५ हजार डलरमा त्यहाँ अपार्टमेन्ट किनेको विवरण राजस्व अनुसन्धानमा छ । राजस्वले सात दिनभित्र हाजिर हुन आउने सुचना सम्बन्धि व्यतिलाई दिन नसकेपछि असार १३ गते छोरा इलमलाई थमायो । तर, निधारित दिनभित्र हाजिर नहुँदा असार २८ मा जावलाखेलस्थित प्रहरी परिसत टोलीलाई आदेश दिई कनकलाई उपस्थित गराउने प्रक्रिया प्रारम्भ भएको छ ।
उनीविरुद्ध वैशाखमा खाता नम्बर र विवरणसहित उजुरी दर्ता भएको हो । त्यहीबेला अख्तियारले उनलाई ‘भित्रै सडाउने’ योजनाअनुसार पक्रउ गरे पनि पछि अदालतबाट छुट्ने आदेश आएको थियो । वास्तविकता के छ भने दीक्षित परिवारको राण परिवारसँग पारिवारीक सानिध्यता थियो । मदन समशेरदेखि रानी जगदम्बाको सम्पत्तिको संरक्षण पनि त्यही परिवारले गर्दै आएको छ । र, बाबु–बाजेको पालादेखि उनीहरु देश–विदेशका बित्तिय कारोबारमा संलग्न छन् । (जनआस्थाबाट)
Kanak Mni Dixit