हात हल्लाउंदै सशांक घर फर्के, अस्पतालमा भव्य विदाइ
काठमाडौं, साउन ५ । नेपाली काँग्रेसका महामन्त्री संशाक कोइराला अस्पतालबाट घर फर्केका छन् । अस्पतालबाट बाहिरिदै गर्दा उनलाई स्वागत गर्न सयौंको संख्यामा सुभेच्छुक र समर्थक अस्पताल परिसरमा जम्मा भएका थिए ।
माक्स लगाएर सशांक अस्पतालबाट बाहिरिएका थिए । उनी आफैं हिडेर बाहिरिएका थिए । उनले उपस्थितलाई हात हल्लाउदै अभिवादन गरेका थिए । उनलाई विदाइ गर्न अस्पतालका प्रमुख भोला रिजालसहितको टिम उपस्थित भएका थिए । असार २४ गते अचानक बेहोस भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार भएको थियो । सशांकले मृत्युलाई जितेर घर फर्केको उपचारमा संलग्न चिकित्सकहरुले बताउने गरेका छन् ।
Saanka Koirala