अपराध सुरक्षा ताजा खबर News

एसएसपी सहित १४ सय प्रहरी विभागीय कारबाहीमा

एसएसपी सहित १४ सय प्रहरी विभागीय कारबाहीमा

 प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली विपरीत कामकारबाही गरेको आरोपमा एकजना वरिष्ठ उपरीक्षकसहित एक हजार चार सय १९ जनालाई विभागीय कारबाही गरेको छ । जसमध्ये आठ जना प्रहरी उपरीक्षक, नौ जना नायव उपरीक्षक र १८ जना प्रहरी निरीक्षक विभागीय कारबाहीमा परेका हुन् । एकजना प्रहरी उपरीक्षकको पदोन्नति रोक्का र चार जनालाई नंसिहत दिएको होे ।

यस आर्थिक वर्षमा दुईजना प्रहरी निरीक्षकसहित ३० जनालाई सेवाबाट बर्खास्त गरेको छ । यस्तै, तीन जना नायव निरीक्षकसहित दुई सय १४ जनालाई सेवाबाट हटाएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । दुई जना निरीक्षकसहित एक सय तीनजना निलम्बनमा परेका छन् । प्रधान कार्यालयका अनुसार अघिल्लो वर्ष विभागीय कारबाहीमा पर्नेको संख्या एक हजार सात सय तीन थियो । नागरिक दैनिक

Nepal Police

विशेष