अर्थ ताजा खबर News

भारतीय राजदूत रे का कारण व्यापारीबीच रडाको

भारतीय राजदूत रे का कारण व्यापारीबीच रडाको

ray

काठमाण्डौंमा सरकार परिवर्तनको घम्साघम्सी चलिरहँदा भारतीय राजदूत रन्जित रे आफ्नो देशको राष्ट्रिय गान बजाउँदै चिसो खान पालुङ पुगेका छन् ।त्यहाँका व्यापारीसँग कुरा गर्दै आफ्नो तर्फबाट उक्त क्षेत्रको विकासमा सक्दो सहयोग गर्ने बचन दिए । तर, त्यही कुरालाई लिएर व्यापारीबीच मारामार चलेको छ ।

‘फ्रेस’ हुन गएका उनले तरकारी संकलनका लागि कोल्ड स्टोर निर्माण, विद्यालय भवन तथा अन्य पूर्वाधार निर्माणका लागि प्रस्ताव आए सहयोग गर्ने बताएका थिए । सोमबार बिहान पालुङ पुगेका उनले सुनगाभा होटेलमा खाना खाएका थिए भने सोमबार राति पानोरमा रिर्सोटमा बसेर मंगलबार गन्तव्यमा फर्केका थिए । भारतीय राजदुतावासको सहयोगमा बनेको विद्यालय तथा मन्दिरको समेत अवलोकन भ्रमण उनले गरेका थिए । थाहानगर (पुरानो पालुङ–टिस्टुङ) उद्योग वाणिज्य संघले राजदूत रेलाई लगेर थाहानगरको समग्र विकासबारे अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियाका सहभागीले थाहानगरलाई पर्यटकको आकर्षक केन्द बनाउन, तरकारी खेतीको आधुनिकीकरण गर्न अनेक योजना सुनाउन भ्याए । थाहानगरका कार्यकारी अधिकृत भीम परियारले समग्र नगरको वस्तुस्थिति बताए । तर, अन्तरक्रियाकै क्रममा मकवानपुरमा न्यौपानेले ‘भारतविना हामी चल्नै सक्दैनौ’ भन्ने आशयको अभिव्यक्ति दिएपछि भने त्यसको सर्वत्र आलोचना भएको छ । यसको असर आयोजक थाहानगर उद्योग वाणिज्य संघसम्मलाई पुगेको बताइन्छ ।

उनलाई भारतपरस्त भन्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरीएको छ । तर, उनले दैनिक उपभोग्यवस्तु, अटो, इन्धनलगायत वस्तु भारतबाटै आउने हुनाले भारतसँगको समन्वयविना नेपालीको दैनिकी असम्भवप्रायः रहेको भन्ने आशय आफुले व्यत गरेको बताए । उनले राष्ट्रियतासँग आफ्ना धारणालाई नजोड्न आग्रह गर्दै भने, ‘हामी परनिर्भर हुँदाको समस्या हो, आत्मनिर्भताका लागि लडाइँ लडौँ भन्ने आशय हो ।’ ‘कुराको खेती हुने देशमा मलाई यस विषयमा भन्नु केही छैन । भारतसँग सकेको सहयोग बटुलेर देश विकासको काम गर्ने हो । उद्देश्य यत्ति मात्र हो ।’ राजदूतको भ्रमण अनअफिसियल थियो । जसकारण सरकारी तथा सुरक्षा संयन्त्रको उपस्थिति कार्यक्रममा थिएन ।

(जनआस्था साप्ताहिक)

Indian Emabassy Ranjit Ray

विशेष