रहेनन् चर्चित हकी खेलाडी
साउन – ५ । चर्चित हकी खेलाडी मोहम्मद शाहिदको बुधवार मृत्यू भएको छ । केही समय अगाडिदेखि स्वास्थ्य अवस्था बिग्रिदै गएपछि भारतको मेदान्त अस्पतालमा भर्ना भएका थिए ।
सन् १९८० मा मस्को ओलम्पिकमा भारतलाई पहिलो गोल्ड मेडल जिताएका थिए । भारतीय मिडियाका अनुसार गएको दिन अस्पतालको आइ.सि. यू मा भर्ना भएका उनको बुधबार बिहान मृत्यु भएको छ । कलेजो, मृगौला र जण्डीस रोगबाट पीडित शाहिद उपचाररत थिए । ५६ वर्षीय उनी गत अन्तिम जुनमा भर्ना भई जुलाई २० मा मृत्यु भएको छ । उनको मृत्यले सम्पूर्ण हकी प्रेमीलाई स्तब्ध बनाएको छ ।
Hokky