News स्वास्थ्य

चक्रपथमा डाक्टरहरुको 'पागल' प्रर्दशन (भिडियो सहित)

चक्रपथमा डाक्टरहरुको 'पागल' प्रर्दशन (भिडियो सहित)
paga-doctor-rally-nepalaaja मपनि 'पागल' । हामीपनि 'पागल' । यो नारा घन्काउंदै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका युवा चिकित्सकहरु सडकमा निस्किए । धेरैका लागि यो नारा अचम्मको थियो । तर, बुझ्दै जाँदा अर्थपूर्ण । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोविन्द केसीलाई मानसिक रोगी भन्दै विज्ञप्ति जारी गरेको थियो । केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीले मेडिकल माफियालाई संरक्षण दिएको भन्दै महाअभियोग लगाउन माग गरेपछि अख्तियारले केसीलाई 'पागलको' संज्ञा दिएको थियो । केसी ११ दिनदेखि आमरण अनसनमा छन् । उनकै पक्षमा आफुलाईपनि 'पागल' घोषणा गर्दै डाक्टरहरु सडकमा निस्किएका हुन् । सडक प्रर्दशनमा माइकिङसहित निस्केका उनीहरुले सांसदमाथि पनि प्रहार गरे ।
सांसदको चिल्लो कार कति गर्यौ भ्रष्टाचार अख्तियारको विहे सांसद गए जन्ती
अख्तियार प्रमुखलाई महाअभियोग लगाउन संसदले मात्र सक्छ । एक चौथाइ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएमा अख्तियार प्रमुख कार्की निलम्बनमा पर्दछन् । केसी पक्षधरको अपेक्षा संसदमा कार्की विरुद्ध प्रस्ताव दर्ता होस् भन्ने छ । प्रस्ताव दर्ता भइहालेमा महाअभियोग सम्बन्धी कानून बनिनसकेको हुँदा कार्कीको पदावधी निलम्बनमै सकिने देखिन्छ । कार्कीलाई आक्षेप लगाउंदै डाक्टरहरुले नारापनि लगाए ।
१ २ ३ ४ अख्तियारमै भ्रष्टाचार डाक्टर केसीको जीबन जोगाऔं मेडिकल शिक्षामा भ्रष्टाचार भगाऔं
[embed]https://youtu.be/wRJMnN7JaoE[/embed]

chakrapathma doctorharuko pagal pradashan doctor rally doctor rally in chakrapath

विशेष