राजनीति News

अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुहुन्छ: याेगेश भट्टराई

अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुहुन्छ: याेगेश भट्टराई
Yogesh Bhattarai काठमाडौं, ५ साउन । नेकपा एमालेका सचिव योगेश भट्टराईले अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीले राजीनामा दिने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव भट्टराईले अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्ने जिकिर गरेका छन् । संसदीय व्यवस्थामा बहुमत पु-याउनेले सरकार बनाउने कुरा नौलो नभएको टिप्पणी गरे । विधेयकको टुँगो लागि सकेपछि एमाले अविश्वासको प्रस्तावमाथि छलफल गर्न तयार हुने उनले स्पष्ट पारे । ‘एमाले लोकतान्त्रिक प्रकृयाबाट आएको नतिजा मान्न तयार छ, अविश्वासको प्रस्ताव पारित भए अर्को सरकार बन्छ, एमाले प्रतिपक्षमा बसेर रचनात्मक भुमिका निर्वाह गर्छ ।’ उनले एमाले मुलुक र जनताको लागि बाधक नबन्ने स्पष्ट पारे । भट्टराईले सभामुख पद संवैधानिक भएकाले सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्छ उनको भनाइ थियो । ‘राजनीतिक दलहरुवीच उत्पन्न द्वन्द्वलाई सहज बनाउने भूमिका खेल्नुपर्छ ।’ उनले भने ‘व्यवस्थापकिय संसदलाई दलहरुवीचको द्वन्द्वको खेलमैदान बनाउने काम गर्नुहुँदैन, त्यस्तो भूमिका नहोस् ।’ तर, उनले सभामुखले मंगलबारबाट सकारात्मक भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरे । भट्टराईले अहिलेको अवस्थामा सरकार परिवर्तनको कुरा बेमौसमी भएको टिप्पणी गरे । उनले थपे, ‘सरकार परिवर्तनको जुन खेल भैरहेको छ, यो बेमौसमी खेल हो, यसको औचित्य नै थिएन् ।’ मुलुकमा यतिवेला संविधान कार्यान्वयन लगायत महत्पूर्ण एजेण्डामा सहमतीय राजनीतिको आवश्यकत्ता रहेको उल्लेख गर्दै प्रमुख दलहरुवीच कुनै न कुनै रुपमा सहमति कायमै राख्नुपर्ने तर्क गरे । उनले प्रमुख पार्टीहरुमा यतिवेला अतिवादी र द्वन्द्व चर्काउनेहरु हावी भएकाले यो समस्या उत्पन्न भएको दाबी गरे । उनले भने,‘अहिले मुलुकलाई द्वन्द्व होइन्, एकताको खाँचो छ ।’

reports club Yogesh Bhattarai

विशेष