News स्वास्थ्य

माथेमा आयोग र त्यसले बुझाएको प्रतिवेदन ४८ घण्टाभित्र भंग गर्न विद्यार्थीको चेतावनी

माथेमा आयोग र त्यसले बुझाएको प्रतिवेदन ४८ घण्टाभित्र भंग गर्न विद्यार्थीको चेतावनी
साउन – ५ । माथेमा आयोग र त्यसले बुझाएको प्रतिवेदन ४८ घण्टाभित्र भगं गर्न आइओएमका विद्यार्थीहरुको सरकार र पार्टीका शीर्ष नेताहरुलाई चेतावनी दिएका छन् । IOM Student गोविन्द केसीको अनसनलाई समर्थन गर्दै सडकमा उर्लीएका आइओएमका विद्यार्थीहरुले यसपटक उनको विरुद्धमा उत्रदै यस्तो चेतावनी दिएका हुन् । माथेमा आयोगले सरकारलाई विगतमा बुझाएको प्रतिवेदन पुरै अपारदर्शी भएको आइओएमका विद्यार्थीको दाबी छ । मेडिकल शिक्षा र स्वास्थ्यलाई धरासायी बनाउने किसिमको रहेको र सिट कटौतिले विद्यार्थी समस्यामा परेको भन्दै त्यस्तो समिति र प्रतिवेदन भगं गर्न ४८ घण्टाको अल्टीमेटम दिएको हो । बुधबार दिउसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिकी सभापति रञ्जु झालाई ज्ञापन पत्र बुझाएका हुन् । विद्यार्थीहरुको ज्ञापन पत्र बुझ्दै सभापति देउवाले माथेमा आयोगले बुझाएको प्रतिवेदन र समिति भंग गर्दै नयाँ समिति गठन गरि छलफल गर्ने बताए । उनले विगतको समिति समावेशी नभएका कारण मेडिकल क्षेत्रमा थप समस्या आएको भन्दै अब नयाँ समावेशी समीति गठन गर्ने दाबी गरे । IOM Student 2 यता, संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिकी सभापति रञ्जु झाले गोबिन्द केसीको अनशनको कुनै तुक नरहेको बताएकी छन् । उनले विगतको प्रतिवेदन लागू नहुने भन्दै पूर्ण अध्ययन अनुसन्धानबाट मात्रै अगाडि बढ्ने स्पष्ट पारिन् । अाइअाेएम मधेशी विद्यार्थी समाजका अध्यक्ष डाक्टर विनय पञ्जियारको नेतृत्वमा गएका विद्यार्थीहरुले केसीको अनसनै पिच्छे माग फेरिनुले अब विद्यार्थीमा संका पैदा भएको बताएका छन् । सिटक कटौंति छात्रबृद्धि र प्रतिवेदन भंग नगरिए तत्काल पत्रकार सम्मेलन गरी कडा आन्दोलन गर्ने अध्यक्ष पञ्जियारले बताए ।

IOM Student Sher Bahadur Deoba

विशेष