विदेश

पन्ध्र वर्ष पुराना डिजेल गाडी हटाउन भारतीय ग्रीन कोर्टकाे निर्देशन

पन्ध्र वर्ष पुराना डिजेल गाडी हटाउन भारतीय ग्रीन कोर्टकाे निर्देशन

supreme-court1

साउन - ५ । भारतीय ‘ग्रीन कोर्ट’ ले डिजेलबाट चल्ने १५ वर्ष पुराना सम्पूर्ण गाडीलाई राजधानी नयाँ दिल्ली क्षेत्रमा चल्नबाट रोक लगाउन बुधबार निर्देशन गरेको छ ।

भारतीय नेसनल ग्रीन ट्रिबुनलले १५ वर्ष पुराना र वातावरणीय मूल्य मान्यता विपरित राजधानीमा चलिरहेको डिजेल गाडीमा प्रतिबन्ध र त्यस्ता गाडीलाई चलाउन दिइएका स्वीकृति पत्रलाई रद्द गर्न प्रशासनलाई आदेश दिएको हो । दिल्लीमा बढ्दो वातावरण प्रदूषणका वाहक मानिएका डिजेलद्वारा चल्ने पुराना गाडीलाई हटाउने निर्णयले दिल्लीको प्रदूषण नियन्त्रणमा सुधार आउने बताइएको छ । उक्त अदालतले दिल्ली, गुरगाउँ र नोयडा क्षेत्रमा यस्ता गाडी चल्नमा प्रतिबन्ध लगाउन आदेश गर्नुपूर्व दिल्ली क्षेत्रीय यातायात कार्यालयलाई यही जुलाई १८ मा आगामी १० वर्षभित्रमा डिजेलबाट चल्ने गाडीको दर्ता रद्द गर्न भनेको थियो । यद्यपि यातायात विज्ञहरुले दिल्ली क्षेत्रमा चल्ने डिजेल गाडी अत्यधिक भएको बताउँदै १० वर्षभित्रमा डिजेल गाडीलाई हटाउन असम्भव हुने राय दिएका थिए । एजेन्सी

green court India

विशेष