दुबईको ७५ तले सुफाला टावरमा आगलागी

[caption id="attachment_12976" align="alignleft" width="300"]
photo:Xinhua[/caption]
साउन – ५ । दुबईको सुफाला टावरमा आगलागी भएको छ ।
७५ तले सुफला टावरमा आगलागि भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । आगो ३५ तलाबाट सुरु भएको स्थानिय संचार माध्यमले जनाएका छन्
आगलागी विद्युत् सर्ट भएर लागेको हुने सक्ने बताइएको छ । दुबईमा यतिबेला ४० डिग्रीभन्दा वढी गर्मी हुने भएकाले आगो नियन्त्रणमा आउन सकेको छैन । प्रहरी र अग्नीनियन्त्रण टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको बताइएको छ । स्थानीय समय ५ बजेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन ।
आगलागीपछि प्रहरीले टावर वरपरको ३०० मिटर नियन्त्रणमा लिएको छ । प्रहरीले त्यस क्षेत्रबाट चल्लने गाडीहरुलाई अन्यत्रबाट जाने व्यवस्था मिलाएको बताइएको छ । दुबईको मरिना जिल्लामा रहेको उक्त टावर पर्यटककाले लागि प्रसिद मानिन्छ ।
Dubai
Sufala tower
