News

बैठकको कार्यसूचि टुङ्गो लागेन

बैठकको कार्यसूचि टुङ्गो लागेन
  Samsad vabanसाउन - ५ । संसदको कार्य व्यवस्था परामर्श समितिको बैठक बिना निस्कर्ष सकिएकोले व्यवस्थापिक संसद बैठककाे कार्यसूचि अन्याेलमा परकाे छ । बिहीबारको व्यवस्थापिका संसद बैठकको कार्यसूचि तय गर्ने भनिएपनि दलहरुको आआफ्नै अडानले निस्कर्ष निस्किएन । बुधबारको बैठक बिना निस्कर्ष सकिएपछि बिहीबार बिहान नौं बजे फेरि छलफल गर्ने सभामुख ओनसरी घर्तीले बताइन् । बिहीबारको संसद बैठकमा कार्यसूचिका विषयमा चार घण्टा लामो छलफल चलेपनि दलहरुको अाफ्नै अडानका कारण निष्कर्ष निस्कन सकेन । कांग्रेस र नेकपा माओवादी केन्द्रले अविश्वास प्रस्तावमा छलफल गर्नुपर्ने अडान दोहोर्याए भने नेकपा एमाले र राप्रपा नेपालले अविश्वासको प्रस्तावमा छलफल हुनुअघि बजेट आश्रित विधेयकमा छलफल हुनुपर्ने बताए । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससहितका दलले सरकार विरुद्ध गएको असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सो दिनको बैठकको कार्यसूचीमा रहेको बजेट आश्रित विधेयकको कार्यसूची स्थगन गरिएको थियो।

Bebasthapik Samsad Samsad

विशेष