ताजा खबर विदेश News

टर्कीमा तीन महिने आपतकालको घोषणा

टर्कीमा तीन महिने आपतकालको घोषणा

Turkey साउन ६ । टर्की सरकारले तीन महिनाका लागि राष्ट्रिय आपतकालीन अवस्थाको घोषणा गरेको छ । गत हप्ता भएको सैनिक कु को प्रयास भएपछि देशको अवस्थालाई मध्यनजर गरेर संविधान अनुसार राष्ट्रिय आतकालीन अवस्था घोषणा गरिएको राष्ट्रपति रिसेप टइप एर्डोगानले बताएका छन् ।

सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै तीन महिने आपतकालीन अवस्था घोषणा गरेका हुन् । कु को प्रयास असफल पार्न नागरिकले पु¥याएको योगदानको उनले खुलेर प्रशंसा गरे । राष्ट्रिय आतकालीन अवस्थाको घोषणाले कु को प्रयासमा संलग्नलाई कारबाही गर्न सहयोग मिल्ने राष्ट्रपति एर्डोगानको भनाई छ । आफ्नो देशमा आइपरेको समस्याका बारेमा बाहिर राष्ट्रको हस्तक्षेप हुन नहुने भन्दै उउनले समस्या सुल्झाउने आफ्नो अधिकार भएको बताए ।

Turkey

विशेष