खेल ताजा खबर News

फुटबलमा नयाँ नियम, नराम्रो बोले रेडकार्ड

फुटबलमा नयाँ नियम, नराम्रो बोले रेडकार्ड

Football

साउन ६ । फुटबल खेलमा खेलाडी र प्रशिक्षकले देखाउने नराम्रा व्यवहारविरुद्ध इंग्लिस फुटबलमा केही नयाँ नियम बनाइएको छ । प्रिमियर लिग, इंग्लिस फुटबल लिग र फुटबल एशोसियसनले एक बयानमा फुटबल खेलमा देखिने नराम्रा आचरण सहनै नसक्ने गरी बढेको जनाएका छन् । नयाँ सिजनको सुरुवातसँगै लागू हुनेगरी उनीहरुले नियम बनाएका हुन ।

जसमा दुई वा दुईभन्दा बढी खेलाडीले रेफ्रिलाई घेरेर वा रेफ्रिको अगाडी उभिएर बाधा पुर्याई नराम्रो बोले रातो कार्ड दिइने उल्लेख छ । खेलाडीले खेलका दौरान नराम्रो शब्द बोले पनि रेड कार्ड पाउने नयाँ नियममा भनिएको छ । मैदानसँगै टेक्निकल एरियामा समेत नियमलाई कडाईका साथ लागू गरिने जनाइएको छ । प्रिमियर लिगमा गएका पाँच सिजन कुनै पनि खेलाडीले रेफ्रि विरुद्ध नराम्रो शब्द प्रयोग गर्दा रेड कार्ड पाएका छैनन् । प्रिमियर लिगका अध्यक्ष रिचार्ड सुडामोरले खेलाडीहरुको व्यवहार केही समयदेखि हेरिरहेको र त्यसले सीमा नाघ्न थालेकोले यस्तो नियम बनाइएको हो ।

English Football football

विशेष