अपराध सुरक्षा अर्थ ताजा खबर प्रवास News

वैदेशिक रोजगार विभाग भित्रै कुटिन्छन् सोझा जनता

वैदेशिक रोजगार विभाग भित्रै कुटिन्छन् सोझा जनता

Bairo साउन ६ । वैदेशिक रोजगारीका क्रममा ठगियो भने वैदेशिक रोजगार विभागमा जाँदा न्याय पाइन्छ भन्ने सबैको बुझाई छ । ७० हजार बुझाएर कृष्णबहादुर जोगीले ५ महिनाअघि साउदी अरवमा एसिस्टेण्ट कुकको काममा जान काठमाडौं सामाखुशीको फयुचर स्टार म्यानपावरका एजेण्ट विष्णु सिग्देललाई साउदी जान लाग्दा उनले सरकारले वैदेशिक रोजगारीमा फ्रि भिषा फ्रि टिकट लागु गरेको घोषणा गरिसकेको थाहा पाएर आफू धेरै पैसा तिरेर विदेश नजाने भन्दै पैसा फिर्ता मागे।

७० हजार रुपैयाँ लिएका एजेण्टले प्रहरीसँगको छलफलपछि ५० हजार रुपैयाँ त्यति बेलै फिर्ता गरिदिए । तर बाँकी २० हजार रुपैयाँ र पासपोर्ट भने फिर्ता भएन । उनले पासपोर्ट र २० हजार रुपैयाँ फिर्ता गराइदिन आग्रह गर्दै वैदेशिक रोजगार विभागमा पुगे तर ‘मैले फ्रि भिषा फ्रि टिकटमा पठाउ भनेको थिएँ तर म उडाउँदिन भन्यो’ । ‘बरु उसले उल्टै विभागकै कर्मचारीका अगाडी तथानाम गाली गरे’ कृष्णबहादुरले गुनासो गरे । त्यस पछि विभागले म्यानपावरलाई रोक्का गर्यो ।

तर त्यसको केहि दिनमा नै विभागले म्यानपावरलाई गरेको रोक्का फिर्ता गर्यो । तर त्यसको ३ महिनापछि तपाईंको पासपोर्ट फिर्ता लिन आउ भनेर बोलाएर पासपोर्ट फिर्ता त गरे तर २० हजार माग्दा विभाग भित्रै म्यानपावरका सञ्चालक हरि पाण्डेले कृष्णबहादुरलाई हातपात गरे ।

Foreign Employment Nepali worker

विशेष