म्याग्दीमा भिषण पहिरोले ३ घर बगायो

साउन ६ । म्याग्दीको भकिम्ली–९ तोराखेतमा बुधबार दिउँसो पहिरो जाँदा तीन घर बगाएको छ भने पाँच घर उच्च जोखिममा परेका छन् । गाउँ माथिबाट आएको पहिरोले बलवहादुर दर्जीका तीनवटा घर र गोठ बगाएको छ ।
त्यसैगरी, धनबहादुर दर्जी, निलबहादुर दर्जी, विपेन्द्र दर्जी, तिलबहादुर दर्जी, गोपाल दर्जी, पूर्णबहादुर दर्जी, कृष्णबहादुर दर्जी, विष्णुबहादुर दर्जीको घर र जग्गा बगाएको स्थानीय टेकबहादुर मल्लले जानकारी दिए । मल्लले दिएको जानकारी अनुसार गत सालको पहिरोले क्षति पु¥याएका घर र गोठ बुधबारको पहिरोले बगाएको हो । पहिरोले मानवीय र पशु चौपायाको भने क्षति भएको छैन ।
Myagdi Pahiro