अर्थ ताजा खबर प्रवास News

कतारमा सञ्चयकोष र कामदारबीच छलफल

कतारमा सञ्चयकोष र कामदारबीच छलफल

NRNA काठमाण्डौं असार ६ । कर्मचारी सञ्चयकोषले विदेश मा कार्यरत नेपाली कामदारसित कोषमा उनीहरुलाई आबद्ध गराइदिन सकिने सुविधाका विषयमा छलफल गर्ने भएको छ । एनआरएनको कोषसित छलफल कार्यक्रम तय गरेको हो । कतारमा हुने एनआरएनको मध्यपूर्व भेलामा खाडीका ६ देश, लेबनान इजरायल बाट नेपाली प्रतिनिधि र एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिका पदाधिकारी सहभागी हुनेछन् । त्यही क्रममा कोषले कामदार र एनआरएनको प्रतिनधिसित छलफल गर्नेछ ।

‘सञ्चयकोषमा आबद्ध हुन धेरैले इच्छा देखाएका छन् तर कसरी हुने। कहिलेदेखि हुने र त्यसबाट के सुविधा हुन्छ भन्नेमा अन्योल छ,’ हजारे अभियान –मासिक हजार रुपैया संकलन गर्ने )का अभियन्तासमेत रहेका डिबी क्षेत्रीले कान्तिपुरलाई भने, ‘भेलामा यसबारे प्रवासी नेपाली र कोषसँग व्यापक छलफल गर्छौै ।’ उनले कतार भेलापछि मध्यपूर्वका सबै देशमा एनआरएनए राष्ट्रिय समन्वय समितिले छलफल अघि बढाउँदै राय संकलन गर्न बताए ।

असार १० गते एनआरएनए र कोषबीच ६ बुुँदे समझदारी (एमओयू) भएपछि दुबैले प्रवासी कामदारलाई सञ्चयकोषमा सरल र सहज तरिकाबाट सहभागी गराउने बारे अध्ययनमा जोड दिएका छन् । कतारमा आयोजित एनआरएनए भेला मा कोषको संयोजक तथा ‘सञ्चयकर्ता सेवा तथा सामाजिक सुरक्षा विभाग’ का प्रमुख विरेन्द्रमोहन भट्टराई, कोष प्रशासक कृष्णप्रसाद आचार्य र कार्यदलका सदस्य वरिष्ठ प्रबन्धक जीवनकुमार कटुवाल सहभागी हुँदैछन, ‘भेलामा कर्मचारी सञ्चय कोषको विशेषता, क्रियाकलाप र एनआरएनसँगको सहकार्यको जानकारी गराउँछौ,’ भट्टराईले भने, ‘वैदेशिक रोजगारसम्बधी छुट्टै कोष बनाउन सकिन्छ कि भन्नेबारे पनि छलफल, अध्ययन गर्छाै ।’ सञ्चय कोष ऐन हाल संशोधनको क्रममा छ ।

२०१९ सालमा स्थापित ‘कर्मचारी सञ्चयकोष’ विशेषगरी सरकारी कर्मचारी, प्रहरी, सेना, शिक्षकलाई सामाजिकस सुरक्षा सहायता र सरल ऋिण प्रवाहका लागि चिँनिदै आएको छ । हालसम्म सञ्चयकोषमा निजामती कर्मचारी, प्रहरी, सेना, शिक्षकका अलावा १० जनाभन्दा कढी कार्यरत संगठित क्षेत्रका कर्मचारी÷ कामदार सहभागी हुन पाउने नियम छ । उनीहरुले आफ्नो तलब रकमको १० प्रतिशत रकम र त्यति नै रकम कार्यरत सस्थाले थपेर कोषमा जम्मा गर्छन् ।

अहिले कोषमा ५ लाख २५ हजार सञ्चयकर्ता छन् । संशोधित विधेयक पारित भएपछि हाल कोषमा आबद्द कर्मचारी÷ कामदारका अलावा स्रोजगारमा संलग्न व्यत्ति पनि आबद्ध हुन पाउँछन् । स्वरोजगार व्यत्तिमा वैदेशिक रोजगारमा संलग्न अस्थायी वा सेवा करारमा कार्यरत व्यक्ति, घरेलु कामदार, कृषक , असंगठित क्षेत्रमा कार्यरत मजदुर, चिया बगाानका कामदार पर्छन् । कान्तिपुर दैनिक

NRNA Qatar Qatar

विशेष