गत आर्थिक वर्षमा भोजपुरका ८४ जना अपांगले प्रमाणपत्र पाए
असार ६ । महिला तथा बालबालिका कार्यालय भोजपुरले आर्थिक वर्ष २०७२÷७३ मा कुल ८४ जना अपाङ्गलाई परिचय पत्र वितरण गरेको छ । कार्यालयले ‘क’ वर्गका १२ महिला र नौ पुरुष, त्यसैगरी ‘ख’ वर्गका १८ महिला र १८ पुरुषलाई अपाङ्ग परिचयपत्र वितरण गरेको हो ।
त्यस्तै, कार्यालयले ‘ग’ वर्गका ११ महिला र आठ पुरुष तथा ‘घ’ वर्गका तीन महिला र पाँच पुरुषलाई परिचय पत्र वितरण गरेको कार्यालयले जनाएको छ । गएको वैशाखमा भोजपुरको दक्षिणी गाविस रानीबासको घोरेटारमा शिविर सञ्चालन गरी १६ महिलासहित २५ जनालाई अपाङ्ग परिचय पत्र वितरण गरिएको थियो । कार्यालयले आर्थिक वर्ष २०७३÷७४ को भदौ महिनाबाट भने हरेक महिनाको १ देखि ५ गतेसम्म मात्र अपाङ्ग परिचय पत्र वितरण गर्ने जनाएको छ । कार्यालयले हालसम्म महिनाका सबै दिन परिचय पत्र वितरण गर्दै आएको छ ।
Bhojpur District Disable in Nepal