गर्मीमा छालाको रोगबाट कसरि बच्न सकिन्छ
गर्मीयाममा सहरी क्षेत्रमा प्रदूषणका करण छालासम्बन्धी विभिन्न रोग लाग्ने सम्भावना बढी हुन्छ । छाला चिलाउने, चर्हयाउने, घाउ हुने हुन्छ । एकप्रकारको फंगस (ढुसी)को संक्रमणले शरीरमा दादको रूप लिन्छ । यो फुस्रो र पैसाजस्तो गोलो आकारमा बढ्दै जाने गर्छ । सामान्य चिलाउने प्रक्रियाबाट सुरु भएको दाद पछि जटिल घाउ बन्ने खतरा हुन्छ ।
यस्तो रोग शरीरको जुनसुकै भागमा लाग्न सक्छ मुख्यत बढी ओसिलो ठाउँमा संक्रणको खतरा बढी हुन्छ । पाउरोटीमा ढुसी परेजस्तै गरेर शरीर पनि गुम्सन्छ, पसिना आउँछ अनि आद्रता बढी भएर ढुसी बन्छ । शरीरको कापमा जब बढी ओस र तातोपन मिसिन्छ, त्यहाँ फंगल्स फैलने मौका पाउँछ । सुरुमा दादको आकार सिक्काजस्तो हुने हुदा यसलाई रिङ भनिन्छ । (यो दाद सर्ने खालको हुन्छ । सुरुको अवस्थामा नै सम्बन्धित चिकित्सककहाँ पुगेर उपचार गर्नसके सहज रूपमा निको हुन्छ । दादको उपचार त्यसको प्रकारका आधारमा गर्नुपर्छ । त्यस्तो परीक्षणपछि मात्र सही उपचार विधि तथा औषधि पत्ता लाग्छ । चिकित्सकको सुझाबविना जथाभावी औषधिले दाद निको हुदैन । औषधि पसलेले दिने अधिकांश मलममा स्टिरोएड मिसाइएको हुन्छ ।
त्यसले सुरुको अवस्थामा निको भए जस्तो देखियता पनि वास्तवमा रोग निको भएको हुदैन । स्टिरोएडले हाम्रो शरीरमा भएको रोगप्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ । जसले गर्दा छोटो समयका लागि ठीक भएको भान हुन्छ, तर दीर्घकालीन रूपमा गम्भीर असर पार्छ । त्यस्ता मलमले घाउलाई बढाइदिन्छ र उपचार झनै जटिल बनाइदिन्छ । यसले गर्दा उपचार गर्ने समयमा ढिलो भई थप औषधि खानुपर्ने र उपचारको प्रविधि पनि बढ्दै जान्छ । हेलचेक्रयाइ गरियो भने दाद एकपटक निको भएपछि पनि पटक–पटक आउन सक्छ । साथै, चिकित्सकले दिएको औषधि तोकिएको समयअगावै छोडे पनि पुन दोहोरिने सम्भावना हुन्छ ।
दादको औषधि लगाउने र खाने अवधि कम्तीमा पनि एक महिना हुन्छ । लक्षण चिलाउने । सानो सिक्का आकारको दाग देखिने । फैलिादै जाने । बीच भागमा ठीक भएजस्तो देखिने, तर बाहिर रातो बढ्दै जाने । खराब औषधि र्पयो भने घाउ पाकेर पिप आउने हुन्छ । दाद झनै बढ्न थाल्छ । चर्हयाएर हिडडुल गर्नै नसक्ने अवस्था हुनसक्छ । जान्नुपर्ने कुरा (औषधि नमिसाइएको सादा साबुनले नुहाउने । (नुहाएपछि कटनको कपडाले राम्रोसाग पुछेर सुक्खा बनाउने । (चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने । (जथाभावी औषधि प्रयोग नगर्ने (ढुसी मार्न प्रयोग गरिने पाउडर प्रयोग गर्ने । (बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने । (पसिना शरीरमा ओभाउन नदिने । (कटनका लुगा लगाउने । (शरीरमा हावा छिर्ने खुला कपडा लगाउने । (शरीर फोहोर हुन नदिने । (सामूहिक पौडी पोखरीमा नजाने । (एक–अर्काको कपडा साटेर नलगाउने ।
Skin Proctecion