अपराध सुरक्षा ताजा खबर News

सत्य निरुपण तथा मेलमिलाप आयोगले उजुरी दिने म्याद थप्यो

सत्य निरुपण तथा मेलमिलाप आयोगले उजुरी दिने म्याद थप्यो

Ayog काठमाडौं, साउन ६ । सत्य निरूपण तथा मेलमिलाप आयोगले सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकारको गम्भीर उल्लंघनको घटनाको उजुरी दिने म्याद थप गरेको छ । आयोगले उजुरी दिने म्याद गत साउन ३ गतेदेखि सकिएकोमा उजुरी आउनेक्रम नरोकिएको र द्वन्द्वपीडितले आग्रह गरे अनुसार दोस्रो पटक म्याद थप गरिएको हो ।

आयोगले आज सूचना जारी गर्दै साउन २६ गतेसम्म उजुरी दिने सकिने व्यवस्था मिलाएको जनाएको छ । यसअघि असार दुई गते आयोगले ३० दिनका लागि समय थप गरेको थियो । आयोगले गएको वैशाख ५ गतेदेखि उजुरी आव्हान गरेको थियो ।

उजुरी दिन चाहने व्यक्तिले आयोगको कार्यालय बबरमहल काठमाडौंमा आफै उपस्थित भएर वा आयोगको ईमले, फ्याक्स, टोल फ्री नम्बर वा नजिकको हुलाकमा रजिष्ट्री गरेर उजुरी दिन सक्ने सूचनामा उल्लेख गरिएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोगमा झण्डै ५५ हजार भन्दा बढी उजुरी परेका छन् ।

satya-nirupan-aayog_m9vt4aEASw

TRC Nepal

विशेष