प्रोफाइल News स्वास्थ्य

भाग्यले बाँचेका हाइप्रोफाइल दुई

भाग्यले बाँचेका हाइप्रोफाइल दुई

high-profile-nepalaaja

टिप्पणी

पूर्वयुवराज पारस शाह र काँग्रेस महामन्त्री सशांक कोइरालाका बीचमा व्यक्तिगतरुपमा लिनुदिनु केही छैन । तर, पारिवारिक पृष्ठभूमी र राजनीतिक विरासतका हिसावले यि दुई पात्रका बीचमा साइनो अवस्य छ ।

सशांक नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व विपी विपी कोइरालाका छोरा हुन् । पारस बहुआयामिक व्यक्तित्वका धनी राजा महेन्द्रका नाति हुन् । महेन्द्र र विपीको राजनीतिक र व्यक्तित्वको टकरावले नेपालको राजनीतिमा उतारचढाव निम्तिएको थियो । विपीको आत्मवृत्तान्तमा महेन्द्र र उनीबिच अति निकट र अति प्रतिष्पर्धापूर्ण सम्बन्ध भएको झल्कन्छ ।

अहिले राजतन्त्र छैन । पूर्वयुवराज पारसले राजनीतिक व्यक्तित्व बनाउन चाहेको पनि देखिदैन । सशांक सहजै राजनीतिको केन्द्रमा पुगेका छन् । विपीकै रगतका रुपमा उनलाई काँग्रेसजनले पताएका छन् । पारस र सशांक दुबैले मृत्युलाई जितेका छन् । भाग्यले दुबैलाई पत्याएको छ ।

फागुन ८, २०६९ मा पारस चिन्ताजनक अस्पतालमा थाइल्याण्डको समितिभेज अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटरमा राखिएका पारसले १२ औं दिनका दिन आँखा खोलेका थिए । उनका बारेमा अनेक हल्ला फिंजिएको थियो । कतिपय जिम्मवोर व्यक्तिले समेत पारसलाई श्रद्धान्जली दिएका थिए । तर, मुस्कुराउंदै पारस फर्किए ।

असार २४, २०७३ मा सशांक भेन्टिलेटरमा भन्ने खबर एकाएक फैलियो । सरसाउँदा सशांकको त्यो अवस्था धेरैका लागि अपत्यारिलो थियो । एअरएम्बुलेन्समा भारत लैजाने कुरा चल्यो । एअरएम्बुलेन्ससम्म पनि पुर्याउन नसकिने अस्पतालले जनायो । धेरैले भिन्दै लख काटे । घण्टौंसम्म अचेत रहेका र केही समय मुटुले समेत साथ छोडेको भनिएका सशांकले पुर्लुक्क आँखा हेरे र आँशु चुहाए । साउन ५ गते उनी घर फर्के ।

हाइ प्रोफाइल सन्तानलाई के भएको खै ?

महेन्द्रलाई माया गर्ने नेपालीको संख्या धेरै छ । उनको व्यक्तित्वले मुलुकवासीलाई प्रभावित पारिरहेको छ । त्यसैले पनि पारसप्रति नेपालीजनको माया छ । नेपालमा प्रजातन्त्रको विजारोपण गर्ने विपीपुत्र सशांकलाई रगतकै कारण प्रेम गर्ने धेरै छन् । यि दुईप्रति आम नेपालीको चिन्ता छ ।

पारस दरबारमा जन्मेहुर्के । सुखसयल उनको जन्मजात अधिकार भयो । जे भन्यो त्यहीं पुग्ने भएपछि पारस विभिन्न कुलतमा लागे । अन्ततः उनी चरेसको शिकार भए । मादकपदार्थ उनको नशा नशामा बग्न थालिसकेको थियो । घरबार छाडेर थाइल्याण्ड हानिए । घरमा धप्धपी बल्ने श्रीमती हिमानी हुँदाहुँदै अन्तै सल्किए ।

सशांकको बाल्यकाल संर्घषपूर्ण रह्यो । उनी गर्भमा छँदा नेपालमा पहिलो आमनिर्वाचन भइरहेको थियो । उनी दुई बर्षको पुग्दानपुग्दै विपीलाई महेन्द्रले प्रधानमन्त्रीबाट च्युत गरी जेल चलान गरे । कोइराला परिवार भारत निर्वासनमा गयो । सशांकको बाल्यकाल भारतमै बित्यो । पठनपाठन उतै भयो ।

सशांक युवावयमा छँदा विपीको निधन भयो । विपी परिवार राज्यको बक्रदृष्टिमा थियो । चिकित्साशास्त्र अध्ययन गरेका सशांक विभिन्न कारणले मादकपदार्थको लतमा परे । विपीपुत्र भएकाले उनका लागि लाडप्याडको कमि हुने भएन । बहुदल स्थापना भएपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । देश विदेशका ब्राण्डेड बोत्तल बालुवाटार पुग्न थाले । बालुवाटारबाट उपहारस्वरुप ति बोत्तल सशांकतिर पठाइन्थे । कोइराला परिवार निकटका अनुसार यसरी सशांक मादकपदार्थमा भिज्दै गए ।

अब के ?

सशांक केन्द्रीय राजनीतिमा छन् । हिजो चिकित्सकको रुपमा उनीप्रति धेरैको चासो थिएन । विपीपुत्रका रुपमा उनीप्रति स्नेहमात्र थियो । अबका दिनमा उनीबाट अपेक्षापनि उस्तै छ । व्यक्तिगतरुपमा काँग्रेसमा योगदान नभएपनि उनलाई काँग्रेसजनले सहजै महामन्त्री निर्वाचित गरेका छन् । पदअनुसारको सक्रियता उनमा देखिदैन । काँग्रेस कार्यकर्तासमेत उनीसँग सहज पहुँच पाउन नसकेको गुनासो गर्छन् । केहि दिनको बिश्रामपछि उनले आफ्नो समयको उचित व्यवस्थापन र शैली परिवर्तन गर्न आवश्यक रहेको काँग्रेसजनको सुझाव छ । ओम अस्पतालमा उनको स्वास्थ्यलाभको कामना गर्न आएका काँग्रेसजन बाहिरफेर यस्तै चिन्ता व्यक्त गरिरहेका भेटिन्थे ।

बिन्दास स्वभावका उनले अब रहनसहन र खानपिनमा व्यापक परिवर्तन गर्नुपर्ने चिकित्सकले सुझाव दिइसकेका छन् । पारस आफुलाई परिवर्तन गर्ने प्रयत्नमा छन् । खप्तडसम्म पुगेर उनले घोडचडी गरेका छन् । पूराना साथी भेला पारेर फुटबल खेल्नेदेखि फाउण्डेशन खोल्नेसम्मको तयारी थालेका छन् ।

यि दुई पात्र फगत व्यक्ति होइनन् । नेपाली इतिहासका दुई अमर व्यक्तिका निशानी हुन् । जहां रहेपनि उनीहरुप्रति नेपालीको माया छ । स्वस्थ रहुन् । खुशी हुन् । सक्रिय बनुन् ।

र, यो पनि

► यि हुन् सुफात्रा जसको साहाशिक निर्णयले शशांकको जीवन जोगियो, नेपालको साख बढ्यो

► यसरी फर्किएका थिए पारस भेन्टिलेटरबाट

► सशांक कोइराला घर फर्कदाको खुशी (भिडियोसहित)

► लजालु सुफात्राले क्यामारा छल्दै संशाकलाई घर लगिन्

Bhola Rizal Paras Shah Sasanka koirala

विशेष