ताजा खबर News

सबैभन्दा धेरै संसद अवरुद्ध गर्ने इतिहास बनाएको एमालेले आज के गर्ला ?

सबैभन्दा धेरै संसद अवरुद्ध गर्ने इतिहास बनाएको एमालेले आज के गर्ला ?

umlhq

विमान खरिदमा घोटला भएको भनिएको सन्दर्भ अर्थात लाउडा प्रकरणमा एमालेले सडक र संसद दुबै तताएको थियो । १८ बर्ष पूरानो सो घटनामा एमालेले ५९ दिनसम्म लगातार संसद अवरुद्ध गरेको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारविरुद्ध खनिएको एमालेको शैली बारुलाको जस्तो थियो ।

एमाले त्यसपछि कैयौं पटक सरकारमा गयो । तर, लाउडा प्रकरणबारे केही बोलिएन । मदन भण्डारी र जिबराज आश्रित मारिंदा २३ बर्ष अघि एमाले झन् उग्र भएको थियो । काठमाडौंका सडकका रेलिङ केही बांकी राखिएन । संसद र सडकमा निरन्तर हंगामा भइरह्यो । त्यसपछि एमाले सरकारमा पुग्यो । हुँदाहुँदा भण्डारीपत्नी राष्ट्रपति र केपी ओली प्रधानमन्त्री भए । तर, छानबिनका बारेमा चु बोलिएन । प्रचण्ड नेतृत्वको सरकारमा एमाले आफैं सहयात्री थियो । बुटवलमा एमाले कार्यकर्ता मारिएपछि एमालले संसद अबरुद्ध गरिरह्यो । गृहमन्त्री एमालेकै उपाध्यक्ष बामदेब गौतम थिए ।

विगत भन्छः एमाले संसदीय मामिलामा सहज छैन । संसद अबरुद्ध गर्न उजति पोत्त कोही छैन । ओलीले बुधबार भाषण गर्दै संसदमा जे मन लाग्यो त्यही गर्न नदिने जनाइसकेका छन् । यसको सोझो अर्थ होः एमालेले संसद अबरुद्ध गर्नेछ ।

एमालेले संसद अवरुद्ध गर्ने संकेत दिएसँगै संसदमा मर्यादापालकको संख्या थपिएको छ । माओवादी र काँग्रेसले एमालेले संसद अबरुद्ध गरेमा सोको सामाना गर्ने बताएका छन् ।

Samsad UML

विशेष