विचार राजनीति News

यो नेतृत्व रहिन्जेल मुलुकले दुःख मात्रै पाउंछः विकास लम्साल, एमाले सांसद

यो नेतृत्व रहिन्जेल मुलुकले दुःख मात्रै पाउंछः विकास लम्साल, एमाले सांसद

bikash-lamsal आज संसदमा द्वन्द हुने स्थिति छ । हामी शालिन ढंगले प्रस्तुत हुंनेछौं । कांग्रेस माओवादी कसरी प्रस्तुत हुन्छन, त्यसमा हाम्रो भुमिका निर्वाह गर्छ । अहिलेको लडाइ भने तुषको लडाइ हो । विनियोजन विधेयक कि अविश्वासको प्रस्ताव पहिले भन्नेमा त्यस्तो कुनै अर्थ छैन । तर, अभ्यास र नियतको प्रश्न यसभित्र लुकेको छ ।

०५७ सालदेखि समयमा बजेट ल्याउन दिइएको छैन । अहिले समयमा बजेट आउन थालेको थियो । तर, सरकार परिवर्तनको खेल रचिएको छ । सत्ता परिवर्तन गर्नुको खाश कारण छैन । कसैलाई प्रधानमन्त्री हुनु र कसैले छोड्नुबाहेक अरु केही देखिदैन । पावर र टावरका लागि देशलाई अस्थिरतातर्फ धकेल्न लागिएको छ । हामी यसको जवाफ संसदमा खोजछौं ।

शान्ति प्रक्रिया टुंगिइसकेको छ । कसैलाई जेल हाल्ने हौवामात्रै हो । आयोग बनेर सबै कुरा निरुपण हुंदैछ । सहज परिस्थितिमा असहजता निम्त्याउने र अस्थिरता बढाउने दिशामा दल लागेका छन् ।

समस्या नेतृत्वमा रहेको छ । अहिलेको नेतृत्व रहिन्जेल देशले मुक्ति पाउंदैन । मिलेर देशको निर्णय गर्ने । तीन जनाको कुरा बाझिएपछि हामी सांसदलाई भिडाउने पूरानै प्रवृत्ति हो । सांसदलाई पहिले निर्णयको भागिदार किन बनाइएन ? निर्णय गर्दा फुतुफुतु आफुले गर्ने समस्या परेपछि दल, संसद र जनता गुहार्ने पूरानै प्रवृत्ति हो । अहिलेको नेतृत्व पंक्तिमै खोट छ ।

मिल्दा पूरै चाट्ने नमिल्दा पूरै ताछन् खोज्ने अतिवादी सोच नेतृत्वमा देखिन्छ । यि नेताको तत्काल विकल्पपनि छैन । यिनको विकल्प नहुन्जेल मुलुकले गतिपनि लिदैन । संविधान कार्यान्वयन गरेर सम्बृद्धिको बाटोमा लाग्नुपर्ने बेलामा नेताहरुले गति छाडेका छन् । यो भन्दा मजाक के हुन सक्छ ?

Bikash Lamasl

विशेष