ताजा खबर News

दलहरु आ–आफ्नै अडानमा, संसद बैठक ३ घण्टा स्थगित

दलहरु आ–आफ्नै अडानमा, संसद बैठक ३ घण्टा स्थगित

Samsad vaban

काठमाडौं, साउन ६ । आज विहान ११ बजे बस्ने भनिएको संसद बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । यसैवीचमा दिउँसो १ बजे फेरि शीर्ष नेताहरुले सभामुखसँग छलफल गर्ने भएका छन् । सभामुख ओनसरी घर्तीले विहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई छलफलका लागि आफ्नो कार्यकक्षमा बोलाएकी थिइन् । सभामुखले संसदमा अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुनु अगावै प्रक्रियामा सहमति गर्न तीन दलका नेतालाई दबाव दिएकी थिइन् ।

तर उनिहरुविच कुरा नमिलेका कारण संसद बैठक ३ घण्टाकालागि गर सारिएको हो । आज बस्ने बैठकमा अविश्वासको प्रस्तावमाथि पहिले छलफल गर्ने कि आर्थिक विधेयकहरु पहिले पारित गर्ने भन्नेबारे सत्तापक्ष र विपक्षीवीच विवाद छ । कांग्रेस र माओवादीका नेताहरु पहिले अविश्वासको प्रस्तावमाथि छलफल हुनुपर्ने अडानमा छन् भने एमाले नेताहरुले चाँहि पहिले आर्थिक विधेयक पारित नगरी प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल अगाडि बढाइएमा संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

Samsad

विशेष