राजधानीमा विद्यार्थी बोकेको बसमा आगजानीे

काठमाडौ, साउन ६ । डल्लुस्थित आईडियल बोर्डिङ स्कुल बसमा आगजानी भएको छ । बस बाट बिद्यार्थीलाई ओरालेर आगजानी गरेको स्वयम्भु प्रहरीले जनाएको छ । अहिलेसम्म कोही पक्राउ परेका छैनन । आगजानीमा मानवीय क्षती भएको छैन ।
स्वयम्भु पुलीसले जनाएअनुसार उक्त घटनास्थलमा पर्चा भेटिएको छ । पर्चामा अखील नेपाल स्वतन्त्र राष्ट्रिय केन्द्र र अखिल युथ फोर्सको नाम उल्लेख भएको छ । उक्त पर्चामा बिद्यार्थीहरुलाई निशुल्क अध्यन गराउने लगायत ९ बुदे माग राखिएको छ ।
Fire School Bus