News स्वास्थ्य

डा गाेबिन्द केसी र सरकारी टाेलीबीच बार्ता हुँदै

डा गाेबिन्द केसी र सरकारी टाेलीबीच बार्ता हुँदै

Dr Gobinda KC

साउन - ६ । बाह्र दिनदेखि विभिन्न माग राखी अनशनरत् डा केसी र सरकारी वार्ताटोलीबीच केही बेरमा वार्ता हुदैछ । सरकारले केसीको मागलाई सम्बोधन गर्न बुधबार प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको तीन सदस्यीय संवाद टोली गठन गरेपछि उक्त टोली आज त्रिभुवन शिक्षण अस्पताल पुगी केसीसँग वार्ता गर्ने भएकाे छ ।

सरकारी टोलीलार्इ स्वास्थ्य सचिव डा शेनेन्द्र उप्रेतीले र डा केसीका तर्फबाट डा जीवन क्षेत्रीले वार्ताको नेतृत्व गर्दैछन् । वार्तामा सरकारी टोलीबाट शिक्षा र मन्त्रिपरिषदका सचिवहरुसमेत छन् भने डा केसीको तर्फबाट डा जीवन क्षत्री, रञ्जन सापकोटा, अञ्जनी झा, लिजा महर्जन, सुमन आचार्य र स्नेहबन्धु रेग्मी वार्तामा सहभागी हुने नेपाल ट्रस्टका सचिव भिम उपाध्याले फेसबुक वालमा उल्लेख गरेका छन् । 

Bhim Upadhya

Dr. Gobinda Kc

विशेष