संसद बैठक शुक्रबार बस्ने गरी स्थगित
साउन – ६ । संसद बैठक शुक्रबार बस्ने गरी स्थगित भएको छ । तीन दलका शीर्ष नेता बीच सहमति जुट्न सकेन । बैठक शुक्रबार बस्ने गरी स्थगित गरिएकाे छ । सभामुख ओनसरी घर्तीले सहमतिका लागि गरेको प्रयास बिहिबार पनि असफल भएको छ ।
तीन दलकाे बैठकमा कांग्रेस नेता रामचन्द्र पाैडेलले नयाँ प्रस्ताव पेस गरेका छन् । नयाँ प्रस्ताव प्रधानमन्त्रीले राजीनामा दिने र अविश्वासको प्रस्ताव फिर्ता लिने बताइएकाे छ ।
आज बस्ने बैठकमा अविश्वासको प्रस्तावमाथि पहिले छलफल गर्ने कि आर्थिक विधेयकहरु पहिले पारित गर्ने भन्नेबारे सत्तापक्ष र विपक्षीवीच विवाद छ । कांग्रेस र माओवादीका नेताहरु पहिले अविश्वासको प्रस्तावमाथि छलफल हुनुपर्ने अडानमा छन् भने एमाले नेताहरुले चाँहि पहिले आर्थिक विधेयक पारित नगरी प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल अगाडि बढाइएमा संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।