विदेश

भारतमाथि अनावश्यक हस्तक्षेप नगर्न सिंहको चेतावनी

भारतमाथि अनावश्यक हस्तक्षेप नगर्न सिंहको चेतावनी

साउन – ६ । भारतीय गृहमन्त्री राजनाथ सिंहले भारतलाई पाकिस्तानले अस्थिर र आतंकबादको जालोे बनाउन खोजेको आरोप लगाएको छन् ।

कश्मीरमा भएको घटनाको विषयलाई लिएर लोकसभामा चर्चा भएको थियो । उनले भने– ‘भारतमा आतंकवादी मारिन्छ र पाकिस्तानमा कालो दिन मनाइन्छ । पाकिस्तानलाई भारतको आन्तरिक मामिलामा के अधिकार छ ?’ उनले अझ थपे ‘भारतको खराब नजर कश्मीरमा लागेको छ । तर भारतले कश्मीरलाई गौरवका साथ फेरी बहाल गर्ने छ ।’ सिंहले भारतमा यदि आतंकवाद छ भने बेवल त्यो पाकिस्तानबाट प्रत्यायोजित भएको आह्रोप लगाए । उनले भने ‘पाकिस्तानले आफ्नालाई पनि एकजुट बनाएर राख्न सकेन र दुई टुक्रा भयो । आज आफ्नो हालत सुधार्नुको सट्टा भारतलाई अस्थीर बनाउने कोसिस गरिरहेको छ ।

भारतमा यदि आतंकवाद छ भने त्यो पाकिस्तानबाट प्रायोजित आतंकवाद हो ।’ भारतका मुस्लिम समुदायको चिन्ता नगर्न पनि चेतावनी दिएका छन् । उनले कश्मीरमा मात्र नभइ छत्तीसगढमा भारतीय सुरक्षाकर्मी माँरिदा अरुलाई खुशी नहुन पनि चेतावनी दिएका छन् ।

अझ थप्दै भनेका छन् ‘केबल कश्मीर होइन, छत्तीसगढमा पनि सुरक्षाबल मारिँदा केहि व्यक्तिहरुले खुसियाली मनाउँदछन् र न्यायालयले दोषी ठह¥याएर फाँसीको सजायँ दिँदा केही व्यक्तिहरुले त्यसलाई न्यायीक हत्या भन्छन् ।’ भारतीय गृहमन्त्री राजनाथ सिंहका अनुसार कश्मीरमा हालै भएका हिंसामा ३८ जनाको मृत्यु भएको छ । दुई हजार एक सय ८० जना घाइते भएका छन् । मृत्यु हुनेमा एक जना प्रहरी छन् र एक हजार सात सय ३९ जना प्रहरी जवान घाइते भएका छन् ।

India pakishtan Pakistan Raj nath Sing

विशेष