न्याय दिनेले नै अन्याय गरेपछि..

साउन ७ । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायब निरिक्षक(सई) निर्मल ज्ञवाली र प्रहरी जवान सन्तोष खडकालाई हिरासतमा राखेर अनुसन्धान थालेको छ । परिसरमा वैदेशिक रोजगार सम्बन्धी ठगीमा आएकी सेवाग्राहीसँग अनुचित लाभ लिएको आरोपमा सई ज्ञवाली र खडका उपर छानबिन थालेको हो ।
महानगरीय प्रहरी कार्यालयका अनुसार डिआईजी मिङमार लामाको संयोजक्तवमा परिसरका एसएसपी विक्रमसिंह थापाले घटनाको अनुसन्धान गरिरहेका छन् । महानगरीय प्रवक्ता एसएसपी दशरथ चन्दले प्रहरी अधिकारीका बिषयमा अनुसन्धान भै रहेको बताए । उनले घटना छानबिनमा रहेकाले बोल्न मानेन्न ।
nepali police