पौडेलको प्रस्तावले राजनीतिमा नयाँ तरंग
काठमाडौं साउन ७ । संसदमा प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल सुरु गर्ने या बजेट सम्वन्धी विधेयक पारित गर्ने भन्ने विषयमा प्रमुख दलहरुबीच विवाद चर्किरहेको बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले राजीनामा दिएमा सहमतीय सरकार निर्माणको बाटो खोल्न सकिने प्रस्ताव अघि सारेका छन् ।
प्रधानमन्त्रीले राजीनामा दिएमा अविश्वासको प्रस्ताव फिर्ता लिन सकिने र मिलेर जान चाहने दलहरु संगै अघि बढ्न सकिने उनको प्रस्ताव छ । बिहीबार बोलाइएको संसद बैठक संसदको कार्यसूची निर्धारण गर्ने विषयमा प्रमुख दलहरुबीच विवाद चर्किएपछि आज सम्मका लागि सारिएको हो ।
Nepali Politics Ram Chandra Poudel