ताजा खबर विदेश News

सिरियामा भएको हवाइ आक्रमणमा ४३ जनाको मृत्यु

सिरियामा भएको हवाइ आक्रमणमा ४३ जनाको मृत्यु

Siriya

साउन ७ । सिरियामा भएको हवाइ आक्रमण कम्तीमा ४३ जना सर्वसाधारणको मृत्यु भएको छ । मारिएका ती सर्वसाधारणमा ११ जना बालबालिका समेत रहेको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । बेलायतसँग आवद्ध यो मानवअधिकारीवादी समूहकाअनुसार सरकारी हवाई आक्रमण र बमबारीमा ती सर्वसाधारण मारिएका हुन् ।

सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिवमा जारी यस हवाई आक्रमणबाट १५ जना मारिएको बताइएको छ । तर उक्त हवाई आक्रमण कसले गरेको हो भन्ने खुलाइएको छैन । सिरियामा सन् २०११ को मार्च महिनाबाट राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गएर गृहयुद्धमा परिणत भएको थियो। त्यसैगरी अल कायदा र इस्लामिक स्टेटजस्ता आतङ्ककारी समूहले बारम्बार यस मुलुकका आक्रमण गर्ने गरेका छन् । सिरियाको हिंसामा हाल सम्म एक लाख ८० हजार भन्दाबढी व्यक्तिको मृत्यु भइसकेको छ ।

Siriya war

विशेष