ताजा खबर News सामाजिक सञ्जाल

माओवादीमा म्यासेजको ओइराे 'सिएम पिएम नहुने कुरो के हो ?'

माओवादीमा म्यासेजको ओइराे 'सिएम पिएम नहुने कुरो के हो ?'

Pushpa-Kamal-Dahal

अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने कुराले माओवादी केन्द्रमा उत्साहित भएको थियो । ०७० सालको चुनावी नतिजापछि प्रतिरक्षात्मक देखिएका माओवादी कार्यकर्ता एकाएक आक्रामक बनेका थिए । पार्टी एकतापछि उत्साहित माओवादीजन प्रचण्ड प्रधानमन्त्री बन्ने कुराले जोशिएका थिए । सामाजिक संजालमा प्रचण्डको प्रतिरक्षा गर्दै स्टाटस भरिन थालेका थिए ।

तेस्रो पार्टीको नेता भइकनपनि प्रचण्डले राजनीतिलाई बसमा लिएको र प्रचण्डबिना राजनीतिले मोडपनि लिन नसक्ने भन्दै माओवादी नेता कार्यकर्ताले उनको राजनीतिक नायकत्वलाई स्थापित गर्ने प्रयत्न गरिरहेका थिए । बिहीबार प्रचण्डलाई नै घुमाउने गरी राजनीति घुमेपछि माओवादीजनमा संशय छाएको छ । प्रचण्डलाई फसाइएको सम्मका स्टाटस माओवादी केन्द्रका जिम्मेवार व्यक्तिले लेखिसकेका छन् । धेरैजसो माओवादी कार्यकर्ताले पहुँचमा रहेका नेतालाई म्यासेज गर्ने गरेका छन् । स्रोतका अनुसार प्रचण्ड निकट रहेका नेताहरुलाई जिल्लाजिल्लाबाट म्यासेजको ओइरो लागेको छ । 'सिएम पिएम बन्ने कुरा के भो ? के साच्चै फसाइएको हो ?' अधिकांश म्यासेजको सार यही रहेको बताइन्छ । प्रचण्डलाई माओवादीले छोटकरीमा एिएम भन्छन् । सिएमको अर्थ चियरम्यान अर्थात अध्यक्ष र पिएमको अर्थ प्राइममिनिस्टर अर्थात प्रधानमन्त्री हो ।

माओवादी नेताहरुले कार्यकर्तालाई काँग्रेस सभापति शेरबहादुर देउवाले कुरा नफेरेको र सिएम पिएम हुने कुरा नबिग्रेको उत्तर फर्काइरहेका छन् । प्रधानमन्त्री केपी ओली प्रचण्डको मुखमै पुगेको प्रधानमन्त्री सके फिर्ता ल्याउने नसके अर्कैलाई हुत्याइदिने रणनीतिमा छन् । त्यसका लागि उनले काँग्रेसमा वातावरण मिलाउन चाहिरहेका छन् । काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार पहिले आर्थिक विधयेक पास गर्ने, प्रधानमन्त्रीले राजिनामा दिने र प्रधानमन्त्रीको नयाँ निर्वाचन गर्ने प्रस्ताव गरेपछि माओवादीले यसमा नयाँ खेलको आभास गरेका छन् ।

Prachada Puspakamal Dahal

विशेष