राजनीति News

पौडेलको एउटै दाउ, जसरी भएपनि प्रधानमन्त्री उछिट्टयाऊँ

पौडेलको एउटै दाउ, जसरी भएपनि प्रधानमन्त्री उछिट्टयाऊँ

Ram chan

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल अहिले जोखना हेरिरहेका छन् । थोरैमात्र तलमाथि भए प्रचण्डको प्रधानमन्त्री बन्ने तार फ्युज हुनेछ । हरियो बत्ति उनको दिशामा बल्नेछ । प्रधानमन्त्री केपी ओलीले पौडेललाई प्रधानमन्त्रीमा प्रस्ताव गरिसकेका छन् । पार्टीमा सहमति जुटाउन सक्ने स्थिति नभएपछि उनले ओलीको प्रस्तावलाई धन्यवादसहित अस्विकार गरेका थिए । पहिले एमालेले सहमतिय सरकारका लागि भन्दै मतदानमा तटस्थ बसेपछि पौडेल प्रधानमन्त्री हुनबाट चुकेका थिए ।

त्यसैलेपनि उनी एमालेप्रति आंशकित छन् । तर, ओलीको जबरजस्त निर्णय गर्ने क्षमताका कारण पौडेल काँग्रेसभित्रै सेटिङ मिलाउने ध्याउन्नमा छन् । केन्द्रीय समितिको बैठकमा पौडेलले काँग्रेसकै नेतृत्वमा सरकार बन्ने अवश्था रहेकाले प्रचण्डको नेतृत्वमा जान नहुने राय राखेका थिए । बिहीबार उनले प्रमुख दलका शीर्ष नेताहरुका बीचमा ४ बुँदे प्रस्ताव राखेर हलचल मच्चाइदिएका छन् । उनको प्रस्ताव सबैका लागि प्रिय छ । सँगै, काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डलाई आंशकित पार्ने खालको । उनले प्रधानमन्त्रीले राजिनामा गरेपछि नयाँ प्रधानमन्त्रीको निर्वाचनका बारेमा सोच्ने प्रस्ताव गरेसँगै अब के होला भन्ने प्रश्न चुलिएको छ ।

देउवाले ओलीले भाँडभैलो निम्त्याउन खोजेको आरोप लगाएका छन् । पौडेलमार्फत काँग्रेसमा खेल्न खोजेको उनको बुझाइ छ । यता, ओलीले संविधान कार्यान्वयनमा काँग्रेसको नेतृत्वमा सहमतिय सरकारको प्रस्ताव गर्ने बलियो सम्भावना रहेको बताइन्छ । सो अवश्थामा ओलीले पौडेललाई अघि सार्ने देखिन्छ जसरी ६ बर्षअघि माधब नेपालको नेतृत्वमा काँग्रेससहितको सरकार बनेको थियो । पार्टी अध्यक्ष झलनाथ खनाल भएपनि गिरिजाप्रसाद कोइरालाको प्रस्तावमा नेपाल प्रधानमन्त्री बनेको इतिहास छ ।

ओलीको बाध्यता र पौडेलको व्यग्रताले कुरा अर्कै हिसावले अघि बढ्न सक्ने आंकलन गर्न थालिएको छ । सत्र पटक प्रधानमन्त्रीको रेसमा पछारिएका पौडेलका लागि अहिले वातावरण केही सहज भएको छ । तर, पार्टीभित्र प्रभाव कम भएको अवश्थामा ओलीको भरथेक कति चल्छ यसै भन्न सकिन्न ।

nepal Nepali Politics Ram Chandra Poudel

विशेष