ताजा खबर News

भरही खोला परासी बजारमा पसेपछि बेहाल

भरही खोला परासी बजारमा पसेपछि बेहाल

Parasi साउन ७ । लगातारको वर्षाले झरही खोलामा आएको बाढीे नवलपरासीको सदरमुकाम परासीबजारमा पस्दा डुबानमा परेको छ । परासी बजारको मुख्य क्षेत्र बुद्धचोकमा चार फिट भन्दा बढी पानी जमेको छ । झरही खोलाले आफ्नो नियमित बहाब छोडेर रामग्राम–२ बाट बस्तीमा पसेकाले परासीबजार डुबानमा परेको प्रमुख जिल्ला अधिकारी महादेब पन्थले बताए ।

Pa

परासी बजारको उत्तरपट्टी रहेको सहुवाटिकरबाट पसेको झरही खोलाको पानीले सर्वसाधारण नागरिकका घरका साथै अधिकांश सरकारी कार्यालय समेत डुबानमा परेको पन्थीको भनाई छ । त्यस्तै नवलपरासीका सुनवल र बर्दघाट क्षेत्रका गाउँ समेत डुबानमा परेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थीले बताए । मानवीय क्षति भने नभएको समेत प्रजिअ पन्थीले बताए ।

Nawalparsai Parasi Bajar

विशेष